देशमा सांसद निर्वाचित हुँदै गर्दा मलेसिया बाट आयो खोटाङ्गे युवाको मृत्युको खबर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

देशमा सांसद निर्वाचित हुँदै गर्दा मलेसिया बाट आयो खोटाङ्गे युवाको मृत्युको खबर



वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङका एक युवाको मृत्यु भएको छ । सात वर्षअघि मलेसिया पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो ।

बस्दै आएको कोठानजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारका क्रममा कजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दै आएका विकास प्रधानले जानकारी दिनुभयो । मलेसियाको कजाङमा सेक्युरिटीगार्डका रुपमा कार्यरत प्रधानको शव नेपाल ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तले बताएका छन् ।

अस्पतालले उच्च रक्तचापका कारण मृत्यु भएको बताए पनि प्रधानको मृत्युलाई शंकास्पद मानिएको छ । प्रधानको हत्याको प्रयास भएको आफन्तको आशंका छ ।