देश भर इमर्जेन्सीबाहेकका सेवा बन्द:स्वास्थ्यकर्मी धर्नामा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देश भर इमर्जेन्सीबाहेकका सेवा बन्द:स्वास्थ्यकर्मी धर्नामा



काठमाडौं, ५ फागुन ।

स्वास्थ्य सेवा ऐनअनुरुप आफूहरुको स्तर वृद्धि भएकै पद र तलबसुविधा लागू गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मीले ४७ दिनदेखि स्वास्थ्य मन्त्रालय परिषरमा धर्ना दिँदै आएको खबर आजको कान्तिपुरमा छ ।

अहेवबाट तालिम लिएर सिनियर अहेव भएका र अवधिको आधारमा स्तर वृद्धि भएर सिनियर अहेव, सिनियर अनमी भएकाहरु आन्दोलनमा छन् ।

उनीहरुले गत माघ २५ गते देखि नै देशभरका स्वास्थ्य चौकीमा इमर्जेन्सीबाहेकका सेवा बन्द गर्नुका साथै राष्ट्रिय कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका हुन् ।