दिल्लीको बवाना औद्योगिक क्षेत्रमा आगलागी, ९ जनाको मृत्यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दिल्लीको बवाना औद्योगिक क्षेत्रमा आगलागी, ९ जनाको मृत्यु



नयाँ दिल्ली,  । भारतको राजधानी नजिकै रहेका फ्याक्ट्रीहरूमा भएको आगलागीमा परी मर्नेहरूको सङ्ख्या नौ पुगेको छ ।

भारतीय मीडियाहरूले जनाए अनुसार दिल्लीको बवाना औद्योगिक क्षेत्रमा रहेका प्लास्टिक, पताका र कार्पेट फ्याक्ट्रीहरूका गोदाममा तीन अलग अलग ठाउँहरूबाट आगो लागेको थियो ।

दमकल विभागका कर्मचारीहरूका अनुसार अझै धेरै मानिस जलिरहेका भवनहरू फसिरहेका हुन सक्छन् । घटनास्थलमा १२ दमकलहरू खटाइएका छन् । उक्त समय तीन ओटै कारखानाहरूमा लगभग ५० जना कार्यरत रहेको बुझिएको छ ।

आगलागी आज भारतीय समय अनुसार साँझ ६ बजे २० मिनेटबाट सुरु भएको जनाइएको छ । यो स्थान दिल्लीको केन्द्र मानिने कनाट प्लेसदेखि लगभग ३५ किलोमिटर दुरीमा रहेको छ ।