दीपक म त्यस्तो केटी चैँ हैन ल !(भाग दुई) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दीपक म त्यस्तो केटी चैँ हैन ल !(भाग दुई)



हरि थापा

सामाजिक संञ्जाको प्रयोग कर्ता ह्वातै बढे सँगै  साथी बन्न चाहना इच्छुक छु कृपया साथी बनाईदिनुस् न दिदी भन्नेको एक जमात पनि दिन प्रतिदिन बढ्दै गएको छ। म हजुरको पुरा ठुलै फ्यान भएको गुनासो गर्छन्।अनि होला त नि भनेर साथी बनायो अनि अनेक मेसेज गर्न थाल्छन।अनि अति नै भयो भन्दै दया गर्दै हाई हेल्लो गर्‍यो साथी भन्दा माथि को सम्बन्ध बनाउने विचार व्यक्त गर्छन्।

अनि आजकल फेसबुकमा लभ पारेर फेसबुकमै विवहा गरेर फेसबुकबाटै डिभोर्स गर्ने सङख्या पनि उत्तिकै छ।आकर्षणको धन्दा गज्जबले चलेको छ अलि कति राम्रो तस्बिर देख्नसाथ बाउ बाउ गर्दै ब्युटिफुल गर्ल,च्वाक अप्सरा,स्टार देखि मंगलग्रहबाटै झरेको सुन्दरी भन्ने तारिफ गर्दै आकर्षित हुने पनि कम छैनन्।

एउटा भनाई छ पैसा देख्दा भगवानको पनि तिन नेत्र भने जस्तै तरुनी- च्वाक केटी भने यो लोग्ने मान्छेको जात पनि त्यस्तै हुदोरहेछ,तरुनी देख्यो कि मख्ख परिहाल्ने,घरमा स्वास्नी नहुनेले त यताउता आँखा लगायो लगायो स्वास्नी हुने छोरा छोरी ठुलै भईसकेकाहरुले पनि मरिहत्य गर्दा पो बडो उदेक लागेर आउँछ त!

आज तिमी त्यसकै प्रतिनिधि पात्र हुनेछोैँ आऊ दीपक म तिमीलाई खुलेरै स्वागत गर्छु तिमीलाई स्वागत गरिरहदा ….साच्चिकै आज मेरो मनमा धुन बिनाको बाजा बजिरहेको छ।

दीपक!तिमी जुन सोचाई जुन उद्देश्य लिएर अबुधाबी मलाई भेटन् आएका थियोैँ ।त्यो कति सम्म पुरा भयो त्यो कि तिमीलाई थाहाँ छ कि मात्र भगवान् लाई थाहाँ छ। मेरो लागि त्यो भेट् विशेष नै रह्यो तिमीले कसरी लियोैँ त्यो पक्कै पनि तिमीले महसुस गरेको छोै होला।

तिम्रो क्रियाकलाप देख्दा म चकित परेको थिएँ छटपटछटपट बच्चा जस्तो बढी चकचक गरिरहने बानी,यति सम्म कि कहिले गालामा उम्रेको जंगली चोथ्राको काडा जस्तो तिखो डरलाग्दो दाह्री मुसार्ने,कहिले मुखमा सिन्का हालेर दात्त खोतली रहने तिम्रो चन्चले बानी मैले नजिक बाट नियाली रहेको थिएँ। धेरै कुरा मन भित्र उकुसमुकुस थियो तर छोटो समयमा सबै भन्न सम्भव थिएन।मेरा नयनहरुले कैद गरेका केही दृश्य म कहिल्यै विर्सने छुईना।

सायद तिमी पनि धेरै कुरा गर्ने हिमम्त लिएर आएका थियोैँ होला! तर तिमी नुनखाएको कुखुरा जस्तो नियाउँरो भएर फर्कदा मलाई नै नराम्रो लागेको थियो। एक हिसाबले मलाई सन्तुष्टि पनि मिलेको थियो। जसरी केटाहरू आकर्षित हुदैँ मिसन पुरा गर्ने दाउमा भेट्न खोज्छन हामी पनि त्यो मिसनलाई फेल गराई असफल बनाउन पाउँदा केही मुक्ति पाएको ठुलै जित हासिल गरेको महसुस गर्छोैँ ।

मलाई त्यो भेट पछि एउटा कुरा मनमा खेलिरह्यो हामी दुवै खेलाडी होैँ तिमी स्टयकर म डिफेन्डर तिम्रो भरपुर प्रयास गोल हान्नुमा केन्द्रित हुन्छ, भने मेरो पूर्ण रूपमा सशक्त बचाउमा केन्द्रित हुन्छ।अर्थात् तिमीले साम दाम लगाएर गोल हान्नेमा प्रयास गर्छोै भने म गोल रोक्न प्रयास गर्छु।

दीपक!यो सबै कुरा भनिरहदा तिमीलाई मात्र लक्षित गरेर तिमी माथि मात्र दोष थुपार्न चाहन्न केही त्रुटि कमजोरी केटी पक्षको पनि उत्तिकै छ जसले सजिलै विश्वास गरी केटा सँग फसिहाल्छन।केटाहरुकै भाषामा भन्दा पट्टिहाल्छन।तर म बिलकुल फरक केटी हुँ। त्यही मोनिका हुँ!केटाहरुले मायाको धमाकेदार नाटक गर्दा त्यसबाट बाट बच्न सधैँ सात कोष टाढा भाग्छु।

वास्तवमा म, मेरा साथी भाइ इष्टमित्रको मायाप्रेमको रमिता देखेर हायलकायल भइसकेको छु। विशेष त केटा साथीहरू गर्लफ्रेण्डको खोजीमा हुन्छन्।लोग्ने मानिस यति लोभी जात हो ।यिनीहरूको व्यवहार, क्रियाकलाप र अानीबानी शब्दमा कोरेर व्यक्त गर्नै सकिँदैन।

म सबै केटालाई दोष थुपार्न चाहन्न तर धेरै भन्दा धेरै केटा यस्ता कुरामा अग्रसर भएको देख्या छु ।घरमा कति राम्री लक्ष्मी जस्ती श्रीमती हुदाँ धेरै को ब्युटीफुल गर्ल,स्वर्गकी परि सर्वगुनले सम्पन्न भनेका सबैले तारिफ केटी पाउँदा समेत केटा हरू बेखुसी भई त्यस्ती अप्सरा भनेको केटी केही छिनमै भुलिदिन्छन र अरूकी श्रीमती,छोरीहरुलाई अप्सरा देख्न थाल्छन।

अनि अर्कै अप्सराको खोजीमा लागि पर्छन यस्ता प्रत्यक्ष अप्रत्यक्ष रूपमा कयोैँ घटना देख्या छु।आफ्नै पुर्वप्रमी पनि तिमी बिना मरिहाल्छु बाच्दिन भन्ने अहिले अर्कै सँग त्यही शब्दको खेती गरिरहेको छ भन्ने सुन्छु ।खैर तिमी भेट्न अायोैँ यसमा म अत्यन्त हर्षित छु अाभारी छु।

बिदाइको समयमा भारी मनले हात हल्लायोैँ त्यसपछि एक पटक म तिर नफर्कि बाटो लागेपछि मेरो मनमा सुनामी आयो मैले गहिरेर सोचे तिम्रा अानीबानी एक पटक सम्झिएँ।खै किन हो कुन्नि !त्यस बखत म भावुक भए।

मलाई लागेको थियो तिमीले मलाई कल गरेर पुन राम्रो सँग बस है मोनिका भन्नेछोैँ तर अहँ त्यसो भएन तिम्रो कल कुर्दा कुर्दै घाम डुब्यो दिन गधुलीमा ढल्यो तिम्रो कल केवल आशामा सीमित रह्यो।

अनि अतीत सम्झे केटा साथीहरू कति वटा अप्सरा सँग खेल्न पाएँ तपाईहरुलाई पुग्छ होला ?अनि कति जना केटी,अर्काकी स्वास्नी र निर्दोष छोरीहरुलाई मायाजालमा फसाउन पाएँ कति खुसी मिल्छ होला यसको कुनै मापदण्ड छ?

केही समय मख्ख पार्ने एउटीलाई नराम्ररी फसाउने अनि अर्को पटक उसै गरी अर्कोलाई कहिले सम्म यस्तो जोखिम मोलीरहने? बन्धुमित्रहरु! म सँग यस्ता कयोैँ प्रश्न थियो सबै उतार्न असमर्थ छु ।यस मध्य केही प्रश्नको जवाफ दीपकले पनि दिनैँ पर्छ।

यदि मैले तिमीलाई मायाजालको खेती गर्नेहरु सँग तिमीलाई दाजे भने म कति सत्य हुन्छु! कति गलत हुन्छु त्यो तिमीले नै अनुमान लगाउनेे छोैँ ।यति चाही भन्छु जब म बाट बिदाइ भई गयोैँ दुई पाइला अगि बढे सँगै तिम्रो ध्यान अन्तै मोडीएको हुनु पर्छ।

सायद यात्राको क्रममा देखेको तरुनीहरु मा पनि तिमीले मेरो रिस थाती राख्दै र्‍याल काढ्योैँ होला ।मनमनै श्राप पनि दियोैँ होला। यत्रो बाटो धाएर आएँ फुस्रो गफ के गर्नु भनेर मनमनै थुक्योैँ होला! अनि अब त्यो हिजाको तिमीले अप्सरा भन्ने आज थाङ्ने केटी भई होली। त्यसको पछि अब नलाग्ने प्रण पनि गर्योैँ होला!

तिम्रो कल नअाए पछि म यस्तै सोच्न बाध्य भए तिमीले कल गर्छोैँ अनि मस्त कुरा गरोैँला भन्ने
आशाको त्यान्द्रो पनि अोईलाईसकेको थियो दिनको दिनभरिको बसाँई भए पनि मानसिक पिडाले शरीर फतक्क गलेको झैँ भएको थियो।।

अन्तत: म आफै कल गर्ने बाध्य भए तिमीले जिस्क्याउदै के के बोल्योैँ सायद तिमी यात्रा गरिरहेका थियोैँ जुन बोली दमदार थियो तिमी म बाट छुटेर गएपछि आफ्नै दुनियाँमा मस्त थियोैँ हास्दै गफ चुट्योैँ जिस्कायोैँ तर म न हाँस्न सक्थे न रुन म मात्र तिम्रो कुरा सुनेर भक्कानिदै मोैँन बस्न सक्थे।
यहीँ नै हो केटाहरुको पहिलो कमजोरी …

पहिलो प्रयासमा हार खाने अनि अर्कै तिर प्रयास गर्ने धैर्यता नभएका स्वाँठहरु!रिसको झोकमा सबै पुरुष एउटै बकेटमा हालेर हेर्न मन लाग्यो।

तिमीलाई मेरा शब्दहरू तिता भएका होलान्। यदि तितो छ पचाउने साहस गर्योै भने अवश्य म तिम्रो हुनेछु हैन भने यो आउने क्रम भेट्ने क्रम जारी रहने छ तर सबैले म माथि जुन दृष्टिले हेरी सजिलै क्षनिक लोभलालचमा फसाउने योजना छ कहिल्यै सफल हुने छैन।

जब सम्म नैतिक जिम्मेवारी बोक्ने, हृदयमा इमानदारी भएका समबन्धमा समझदारी बुझ्ने निस्वार्थी सहयोगी,असल चरित्रवान, मिलनसार धैर्यवान पुरुष भेटिदैन तब सम्म केटी पट्याउने सोच नराख्दा राम्रो कसैले राखेमा यसै गरी दुख मात्र हुनेछ केटा साथीहरूको मिसन पुरा कहिल्यै हुने छैन ।