गायिका देवीका केसीको पन्चेबाजा गीतले ततायो बजार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गायिका देवीका केसीको पन्चेबाजा गीतले ततायो बजार



ओम प्रकाश बानियाँ/दोहा, कतार

फुल, गीत-संगीत र बच्चा कसलाई मन पर्द्दैन र ? गायन क्षेत्रमा स्थापित चर्चित गायिका देवीका केसी गुरुङको नयाँ गीत बजारमा आएको छ । बजारमा नयाँ गीत आए सँगै गीतको चर्चा परिचर्चा चल्न थालेको हो। यो गीतले छोटो समयमा नै लोकप्रियता हासिल गर्ने सङ्गीत क्षेत्रका पारखीहरु बताउँछन् ।

“बाजा बजाउँदै देश विदेशमा हामीले नचाउने, हामीले नै हो सुन साहिली संस्कार बचाउँदै” बोलको यो गीतले समाजको सकारात्मक पक्षलाई अङ्गालेको छ । आफ्नो संस्कृति, संस्कार जहाँ गएपनि बचाउनु पर्छ है भन्ने भाव गीतको माध्यम बाट प्रस्तुत गरिएको छ । यस गीतमा गायिका केसीलाई गायक युवराज छ्न्त्यालले साथ दिएका छन् । गीतमा वसन्त थापाको शब्द अनि गायक युवराज छन्त्याल कै सांगित रहेको छ ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको सो भिडियोले धेरैको मन जित्ने कुरा स्थापित गायक, गायिकाहरू बताउँछन् । भर्खरै सार्वजनिक भएको सो गीतले छोटो समयमा नै धेरै लोकप्रियता हासिल गरेको गायन क्षेत्रलाई नजिक बाट नियाल्ने हरू बताउँछन् ।