दयाहाङ राई र प्रियंका कार्कीको भिडियो आउट ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दयाहाङ राई र प्रियंका कार्कीको भिडियो आउट !



भोलि शुक्रबार रिलिज हुने फिल्म ‘ह्याप्पी डेज’ले नयाँ गीत सार्वजनिक गरेको छ । फिल्ममा समाविष्ट ‘सुस्त यो’ बोलको रोमान्टिक गीत रिलिज गरिएको हो । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको प्रेमलाई प्रस्तुत गरिएको छ ।

संचारकर्मी नरेश भट्टराईको शब्दमा ताराप्रकाश लिम्बूले संगीत भरेको गीतमा दीपा लामा र ताराप्रकाशकै स्वर छ ।

मिलन चाम्स निर्देशित फिल्ममा दयाहाङ र प्रियंकाका अलावा संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिरल जोशी, मिलन चाम्स र डा। अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।