राम रहीम र आसाराम पछि दाती महाराजलाई लाग्यो सामुहिक बलात्कार गरेको आरोप - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राम रहीम र आसाराम पछि दाती महाराजलाई लाग्यो सामुहिक बलात्कार गरेको आरोप



नयाँ दिल्ली। दिल्लीको छतरपुरस्थित शनिधाम मन्दिरका प्रमुख एवं संस्थापक दाती महाराज भनिने मदन लाल र उनका दुई शिष्यमाथि २५ वर्षीया एक युवतीले आफूमाथि सामुहिक बलात्कार गरेको आरोप लगाएकी छन् ।

उनी ‘तथाकथित’ वावाकी शिष्य हुन । दाती महाराज र उनका शिष्यले दिल्ली र राजस्थानस्थित शनि मन्दिरको आश्रममा उनीमाथि कैयौं पटक सामुहिक बलात्कार गरेको दाबी गरेकी छिन् ।

भारतमा वितेको १० महिनाभित्र आश्रम र धर्मका नाममा धर्मभीरुहरुले महिलामाथि गर्ने यौनशोषणको यो तेस्रा पर्दाफास हो । धर्मका नाममा गेरुबस्त्रधारीले युवती र महिलाहरुमाथि कसरी यौन शोषण गरिएका छन् भन्ने कुराको यो पछिल्ला घटनाले पुष्टी गरेको छ ।

राम रहीम र आसारामपछि दाती महाराजमाथि पनि आफ्ना शिष्यलाई बलात्कार गरेको गम्भीर आरोप लागेको हो । यी तीनै जनामाथि लगाइएको आरोप एउटै प्रकृतिका छन् । तर रामरहिम र आशाराम भन्दा दाती महाराजमाथिको आरोप अझै गम्भीर छ । दातीले आफूसँगै शिष्यामाथि आफ्ना सहयोगmाई पनि सो काण्डमा समावेश गरेका छन् । अर्थात सामूहिक बलात्कारको घटना गराएका छन् ।

साथै दाती महाराजमाथि युवतीसँग अप्राकृतिक सम्बन्ध कायम गरेको आरोप पनि छ । यी तीन घटनाका तीनै जना महिलालाई घटना सार्वजनिक गरे मारि दिने धम्की दिइएको बताइएको छ ।

रामरहिम र आशारामविरुद्धको मुद्दामा यसअघि नै फैसला भइसकेको छ । र उनीहरुले अहिले जेलमा सजाय भुक्तान गरिरहेका छन् । रामरहिमलाई २० वर्ष र आशारामलाई आजीवन ( वाँकी जीवन) कैद सजाय सुनाइएको छ ।

तर दाती महाराजका विरुद्ध उजरी दर्ता भएको छ र घटनाका बारेमा अनुसन्धान गर्ने जिम्मा दिल्ली प्रहरीको क्राइम ब्रान्चलाई दिइएको छ ।