अफगानिस्तानमा दश जनाको मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अफगानिस्तानमा दश जनाको मृत्यु



अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्तमा शनिबार प्रहरी र विद्रोहीबीच भएको झडपमा परी दश जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चार जना प्रहरी र छ जना विद्रोही रहेका छन् । कुन्दुज प्रान्तको डास्त इ आर्ची जिल्लामा भएका झडपमा उनीहरुको मृत्यु भएको जिल्ला गभर्नर नसुरुदिन नजारी साआदीले जानकारी दिए ।

शनिबार विहानै सालाहुदिन क्षेत्रका विभिन्न सुरक्षा कार्यालयहरुमा विद्रोहीले आक्रमण गरेपछि भीडन्त भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

घटनामा परी अन्य छ लडाकू र दुई जना प्रहरी घाइते पनि भएका छन् ।

रासस