त्यति मात्र किन ! दशरथ रंगशाला पनि प्रचण्डकै नाममा छ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

त्यति मात्र किन ! दशरथ रंगशाला पनि प्रचण्डकै नाममा छ



दिपक घिमिरे

सर्बहाराको पनि सत्तामा पहुँच पुर्‍याउने उद्देश्य र समानताको ब्यबस्था लागू गर्न जनयुद्धको थालनी भयो । हेपियका , दबेका अनि पिछडिएका बर्गको प्रतिनिधित्व गर्दै सुरु भएको जनयुद्धलाई मध्यमबर्गिय परिवार देखि मुनिकाले बर्गिय युद्धको नाम दिए र साथ पनि दिए ।
जनयुद्धले आफ्नो बाटो परिवर्तन गरेर शान्तीको बाटोमा आएपछी दुई थरी नेपाली देखिए समाजमा । एउटा माओबादिको कटु आलोचक र अर्को समर्थक । जस्को प्रतिनिधित्व गर्दै माओवादी अगाडि बढदै थियो ती समर्थक थिए भने जस्को बिरोधमा जनयुद्ध सुरु भएको थियो ती आलोचक ।

आलोचक र समर्थकको गुणात्मक हिसाब लगभग बराबरी जस्तै थियो । गरिब माओबादी लाई चाहन्थे भने धनी रिस गर्थे । गाँस बाँस लुटिएको पीडा आलोचकहरु शान्तीकालमा पोख्न थाले । विशेषगरि माओबादी र प्रचण्ड गुट माथी लक्षित भएर जन्मियका आलोचक हरु अहिले सामाजिक संजालमा क्रीयासिल भएर लागेका छन ।

माओबादी सत्तामा होस या सत्ता बाहिर , बिरोध नगरी नबस्ने एउटा जमात छ जो माओबादिका राम्रा कामलाई पनि पछाडी पार्ने गरि बिरोध गर्दछ । सामाजिक संजालमा वाह वाही कमाउन प्रचण्डको बिरोध गरेर स्टाटस लेखे पुग्छ भन्ने मानसिकता एकातिर छ भने अर्को तिर कसरी प्रचण्ड लाई जनताबाट नङ्ग्याउने भन्ने सोच एमाले लगायत ठुला दलमै ब्याप्त छ ।
अरुको कुरा छाडौ , स्वयम् प्रचण्डकै आशिर्बादले सत्ताको स्वाद चाख्न पाउने धेरै नेताहरु यतिबेला प्रचण्डलाई सराप्न ब्यस्त छन । सत्ताको कुशल खेलाडी प्रचण्ड हुन भन्ने थाहा पाएर पाउ मोल्दै सत्तामा पहुँच पुर्‍याउन प्रचण्डको तलुवा चाटनेहरु पनि सत्ता बाट बाहिरिने बित्तिकै भारतिय दलाल प्रचण्ड भन्न बेर लगाउदैनन । यस्ता प्रबृत्ती भएका नेतालाई हामी नेपाली भाषामा के भन्छौ त्यो अब भन्न पर्दैन ।
यतिबेला सामाजिक संजालमा प्रचण्डको सम्पत्तीलाई लिएर रोईलो बढेको सबैले देखेका छौ । हो ! सत्ता मुखी हुन खोज्नु , पहिलेको भन्दा बिलासी जीवन माओबादी नेतृत्वले अंगिकार गर्नु अनि सर्बहाराबादीका मुद्दा बिचमै अलपत्र पारिनु गलत संस्कार हो माओबादी भित्र । तर सामाजिक संजालमा आए जसरी बिरोध हुनै पर्ने पार्टी हैन माओबादी ।

प्रचण्डको सम्पत्तीलाई लिएर भएको रोईलो किन ? बिरोध गर्नकै लागि हो भने अरु थुप्रै इस्स्यु होलान जस्ले प्रचण्डलाई एक कदम पछाडी पार्न सक्ला तर तीन तोला सुन र एक कठ्ठा जग्गा छ भनेकै भरमा देशकै प्रमुखमाथी टीका टिप्पणि हुनु सस्तो लोकप्रीयता भन्दा केही होला जस्तो लाग्दैन ।

हो ! उनले बुझाएको रिपोर्ट गलत हुन सक्छ , उनको अरु धेरै सम्पती हुन सक्छ । त्यसको छानबिन गर्ने जिम्मा विशेष अदालत वा अख्तियारको हो । हावाको भरमा हामी बोलेर या प्रचण्डलाई बदनाम गरेर कुनै फाईदा छैन । उनको बदनाम गर्नु भनेको अन्तराष्ट्रीय रुपमा देशको बदनाम गर्नु हो ।

हिजोका दिनमा सम्पत्तीको नाउमा दुईवटा नोकियाका थोत्रा मोबाईल भएका सुशिल कोईराला भनेर खुबै वा वा गर्ने हामी नेपाली आज प्रचण्डलाई चै किन थुक्दै छौ त ? सुशील कोईरालाको सम्पत्ती बिबरण कस्लाई चित्त बुझ्यो या कस्लाई बुझेन त्यो उतिबेलाको बहसको कुरा हो तर सम्पती सार्बजनिक गरेको हप्ता दिन नबित्दै लाखौ रुपैया सुशील कोईरालाको कोठा बाट हरायो भनेर समाचार कतिले पढनु भयो ? किन भएन बहस त्यति बेला ?

सन्त नेता , सर्बहारा नेता भनेर कहलिएका सुशिलको बिरोध गर्ने मनसाय हैन यतिबेला मेरो । मात्र प्रश्न यत्ती हो , अहिले प्रचण्डको खेदो खन्ने सामाजिक संजाल प्रयोगकर्ताहरु त्यति बेला कहाँ थिए ? किन त्यो लाखौ रुपैया को बारेमा चुईक्क बोलेनन आजका राष्ट्रबादी हरु ?
आफुले गरेको सबै ठिक तर माओबादिले गरे राष्ट्रघाती देख्ने नेता र राजनितिक दलकै कारण देश झन दलदल मा फस्दैछ भन्दा सान्दर्भिक होला यो बेला । हिजो कांग्रेसलाई सत्तामा पुर्‍याउन माओबादिले खेलेको भुमिका देखेर रुदै उखान हाल्ने केपि वली प्रचण्डकै कारण प्रधानमन्त्री बन्न पाएका हुन । हैन भने उनको उखानलाई मन परायर बहुमत पुगेको हैन ।

हो एउटा कुरा के फिक्स छ भने वलीले एउटा चमत्कार देखाए जस्को कारण अब उनी नेपालीको मनमा बसेका पक्कै छन तर त्यो चमत्कार देखाउने समय र स्थान मिलाईदिने उनका एमाले साथी हरु हैनन । एमाले साथी हरु त विभिन्न गुट(उपगुट बनायर वलीलाई त्यो स्थानमा पुग्न नदिने सोचमा थिए होलान तर माओबादी एउटा थियो जस्ले केपि वलीलाई सत्ताको स्वाद चखाईदियो ।

सत्तामा बस्दा सम्म हरेक काम प्रचण्डको इशारामा चल्ने वली यतिबेला प्रचण्डलाई भारतिय दलाल भन्न सम्म भ्याएका छन । यदि उनलाई यतिबेलै प्रचण्डले प्रधानमन्त्रीको अफर गर्ने हो भने लेखेर राख्नुस एमालेको नजरमा प्रचण्ड जति राष्ट्रबादी नेता उनी आफू पनि हुने छैनन । भोलि देखिनै राष्ट्रबाद प्रचण्ड बाटै सिकेको भनेर वलीले सामाजिक संजाल र मिडियामा बक्दै हिडछन ।

आफ्नो सम्पती पार्टीलाई बुझायर हिडेका प्रचण्ड लगायतका नेताहरुले आफ्नो सम्पती छैन भनेर देखाउनु कुनै आश्चर्यजनक कुरा होईन । हो भएको मध्य केही देखायनन होला , केही छुट्टिएका छोराछोरीलाई दिएका होलान तर एउटा सामन्त , शोषक र जमिन्दार जसरी अरबपतीको रुपमा प्रचण्डलाई व्याख्या गरिनु सस्तो लोकप्रीयता मात्र हो ।

प्रचण्डको बदनाम गर्नकै लागि पोखरामा प्रकाश टावर ठडिएका छन , सुमार्गी ब्याबसायिक पार्टनर बनेको छ , एनसेलमा आधा लगानी देखिदै छ । अब कुन चैले सामाजिक संजालमा भन्दिन्छ “ प्रचण्डले टुडिखेल आफ्नै नाममा पास गरे रे ! “

हो त्यो समयले बताउछ को सँग कति धन छ । हामिलाई प्रचण्डको पुर्ख्यौली सम्पती हेर्नू , दाज्नु या तौलनु आबस्यक छैन । प्रचण्ड भ्रष्टाचारी हुन या हैनन त्यति मात्र चासोको बिषय हो । बाकी त पदिय दायित्वले आयको तलब भत्तामा गिद्दे दृष्टि लाउनुको के अर्थ । बरु बिरोध गर्ने हरुलाई चिच्यायर सुनाउदै भन्न मन लाग्छ “ त्यति मात्र हैन , दसरथ रंगशाला पनि प्रचण्डकै हो । “