वाम गठबन्धनले जित्यो दार्चुलाका तीनवटै सीट ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वाम गठबन्धनले जित्यो दार्चुलाका तीनवटै सीट !



दार्चुला /२३ मंसिर,।

प्रदेश र प्रतिनिधिसभामा दार्चुलाको तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत पाएका छन् । वाम गठबन्धन उम्मेदवार ठगुन्नाभन्दा धामी ६ हजार ७ सय ६५ मतान्तरले पछि परे ।

त्यस्तै प्रदेशसभा तर्फका दुबै निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धन उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर ‘क’मा नेकपा एमालेका गेल्बुसिंह बोहरा विजयी भएका छन् । बोहरा १६ हजार ५३ मतका साथ विजयी भएका हुन् ।

बोहराले ३ हजार ४ सय ५५ मतान्तरले कांग्रेस उम्मेदवार मदन गिरीलाई हराए । गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर ‘ख’मा पनि वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर धामी ‘सन्तोष’ १२ हजार ९ सय ५६ मतसहित विजयी भएका छन् । उनका प्रत्यासी कांग्रेस उम्मेदवार जगदीश बहादुर पालले ९ हजार ५ सय ७५ मत पाए ।