डाफे मल्टी क्रीएशनले ल्यायो एनरोईड मेरो स्कुल एप्स - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

डाफे मल्टी क्रीएशनले ल्यायो एनरोईड मेरो स्कुल एप्स



ओम प्रकाश बानियाँ

डाफे मल्टी क्रीएशन प्रालिले एनरोईड मेरो स्कुल एप्स बिहिवार बाट संचालनमा ल्याएको छ ।

रास्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्तीको अवसर पारेर उक्त एप्स सन्चालनमा ल्याएको हो । होटल हङकङ धरानमा पत्रकार सम्मेलन गरी सो एप्स सार्वजनिक गरिएको थियो । विधालयले गर्ने हरेक किसिमको गतिविधि/जानकारी दिने उदेश्य सहित उक्त एप्स घरमै बसी बसी ईन्टरनेटको माध्यम बाट हेर्ने सकिने कुरा फाउन्डर मातृका भुजेलले जानकारी दिनु भयो ।

कति अभिभावकलाई विधालयको हरेक गतिविधिमा सहभागी हुन् सक्नु हुन्न वा कोहि अभिभावक बिदेशमा बसेर आफ्ना छोराछोरीलाई बोडशमा राख्नु भएको हुन्छ । उहाँहरुले समेत मेरो एप्स डाउनलोड गरी विधालयको हरेक गतिविधिलाई नजिक नियाल्न सकिने कुरा अर्का सन्चालक रोहित राईले जानकारी दिनु भयो ।

यो एप्स निकै उपयोगी र अहिलेको युगको आवश्यकता रहेको कुरा घरानका समाजसेवी, बुद्धिजीवीहरुको बुझाई छ । उहाँहरु थप्नु हुन्छ हामी सबै विधालयमा जान सक्दैनौ तर यस एप्सलाई डाउनलोड गरेर हामी हरेक विधालयको गतिविधिलाई हेर्ने सक्छौं । त्यसकारण पनि यो एप्स निकै उपयोगी रहेको उहाँहरुको ठम्याई छ ।