‘डम्फुको ताल’मा सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

‘डम्फुको ताल’मा सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट /कात्तिक ८ 

चर्चित सर्जक तथा गायक माधब थापाको उत्कृष्ट लय तथा शब्द सृजनामा ‘डम्फुको ताल’मा बोलको सेलो गीत बजारमा आएको छ ।

एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायक तथा सर्जक माधब थापा यसपटक भने सेलो गीत बजारमा लिएर आएका हुन् ।

धेरै जसो बास्तविक कथामा आधारित रोदन तथा आशुका कथाले भरीएका गीतहरु गाउने गरेका थापाले यसपटक रमाइलो सेलो गीत बजारमा ल्याएर आएका छन् ।

प्रतिभाशाली गायिका सर्मिला लामाको सुमधुर आवाज रहेको गीतमा मोडल स्वयम माधव थापा र रिना थापाले अभिनय गरेका छन । निर्देशक देवेन्द्र पाण्डेको निर्देशनमा तयार गीतको छायांकन भने चक्र बराल (बासु)ले गरेका छन । अनुप शिवाकोटीको सम्पादनमा तयार गीतको भिडियो सुनाखरी मल्टिमिडियाले प्रस्तुत गरेको छ ।