सामाजिक सञ्जालबाट राहतमा जुट्दै युवाहरू - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सामाजिक सञ्जालबाट राहतमा जुट्दै युवाहरू



काठमाडौँ/भदौ ३ 

पछिल्लो समय प्राकृतिक विपत्ति पर्दा युवाहरू धेरै नै सक्रिय हुँदै गएका छन् । भूकम्प , बाढी पहिरो वा आगोलागि हुँदा उद्धार , राहत र अस्थाई बसोबासको निम्ति युवाहरू खट्दै आएका छन्। युवाहरू भविष्यका कर्णधार मात्र होइन वर्तमान पनि हुन् भन्ने कुरा प्रमाणित गर्दै गएका छन्। सन २०११ बाट कम अन युथ स्ट्यान्ड अप अभियानमा सक्रिय युवा मनोज भट्टराई भन्छन् ” देशमा भित्र केही पनि सङ्कट पर्‍यो भने युवाहरू सक्रियता धेरै नै राम्रो रूपले हुने गरेको छ “। उनको अनुभव अझै बेग्लै छ , सामाजिक सञ्जाल फेसबुकले भर्खरै चर्चा बटुल्दै थियो त्यस बेला फेसबुक ग्रुपहरु धेरै नै कम थिए त्यो समयमा पनि अहिले नगरे कहिले – हामीले नगरे कसले नारा सहित ! संविधान समय मै बन्नु पर्छ भनी दबाब दिन स्वस्त स्फुर्त हजारौँ युवाहरू सडकमा आएका थिए।

युवाहरू सक्रिय हुनु प्रविधिले पनि भूमिका खेलेको उनको ठम्माई छ।अहिले बाढीबाट प्रभावितहरुको लागि सहयोग होस् भनेर “नेपाल फ्लड रिलिफ ” मोबाइल एप निर्माण गरेका उनले भने ” प्रविधिले युवाहरूको नेटवर्किङ्ग गराएको छ, जसले गर्दा यस प्रकारका विपदहरुमा एक जुट हुन र सूचना छिटो थाहा पाउन सजिलो भएको छ । “नेपाल फ्लड रिलिफ ” एपले कसरी सहयोग गर्छ भन्ने हाम्रो प्रश्नमा मनोज भट्टराई भन्छन् , धरै सूचनाहरू छरिएका छन् त्यसलाई एकै ठाउँमा लिएर आउनु हाम्रो मुख्य उद्देश्य हो , जसले गर्दा उद्धार , राहत वितरणमा सहज हुन्छ । हामीले यो समस्या भूकम्पको बेला पनि देखेका थियौ -कहाँ कति राहत गयो , कुन ठाउँमा के आवश्यकता छ भन्ने थाहा पाउन गाह्रो हुन्थियो त्यहीँ महसुस गरेर हामीले प्रविधिलाई जोडेका छौ। कम अन युथ स्ट्यान्ड अपले एप सहित राहत वितरणमा समेत खटिएको छ। रौतहट , सप्तरी लगायतको ठाउँमा राहत र स्वस्थ्य कर्मीहरुको टिम पोखरा ,काठमाडौँ लगायतका ठाऊहरुबाट युवाहरू यस अभियानमा लागेको भट्टराईले बताए।

पछिल्लो समय सामाजिक सञ्जालले युवाहरूलाई नजिक गराएको छ। युवाहरू , युवतीहरु यसै माध्यमबाट परोपकारी काममा जुट्दै समेत आएका छन्।युवतीहरुको मात्र समूह रहेको सिस्टर हुड नेपाल समूहले पनि राहत सङ्कलन र वितरणमा सक्रियता देखाएको छ । सप्तरी , चितवन , झापा , भैरहवा , लगायतका बाढीले प्रभावित ठाऊहरुमा विभन्न युवा समूहहरुसँग सहकार्य गर्दै राहतमा जुटेको सिस्टरहुड नेपाल कि शुष्मा पन्थले बताईन । शुष्माको पनि मनोज भट्टराईको कुरासँग सहमत छिन् , यो सम्भव प्रविधिले गराएको छ। अमेरिकामा बस्ने उनी त्यहाँबाट स्वयंसेबकलाई सम्पर्क गर्ने , सूचना प्रवाह गर्ने , सम्वन्य गर्ने र पैसा जुटाउने काम गर्छिन। उनी भन्छिन ” यो सबै सामाजिक सञ्जालले सहज गराएको छ, धेरै देशमा भएका साथीहरूले पैसा लगायतका कुराहरू सहयोग गर्नु हुन्छ , नेपाल मै पनि विभन्न ठाउँमा छरिएका साथीहरू यस्तो बेला एकै ठाउँमा आउन र काम गर्न सकिएको छ। सिस्टर हुड नेपालले विगतमा पनि अनाथ बालबालिकाको लागि शिक्षामा सहयोग , रक्तदान कार्यक्रम, डा. केसीको अभियानमा छाता र्याली , वृद्ध आश्रमहरुमा सहयोग गर्दै आएको छ।

” सामाजिक सञ्जालमा अर्को चर्चित युवाहरूको मात्र समूह हो मेन्स रुम रिलोडेड अर्थात् MRR । करिब १ लाख मेम्बर भएको उक्त ग्रुपले भ्रष्टाचार विरुद्धको अभियान , डा. केसीको अभियान , भूकम्पको बेला राहत वितरण लगायत दर्जनौ अभियानहरु गरेको छ । एमआरआरका मनिष थापा भन्छन् ” युवाहरूको सक्रियता धेरै नै छ , युवा जोस र जागर छ, त्यसलाई सही ठाउँमा प्रयोग गर्न सकिए ठुला ठुला कामहरू गर्न सकिन्छ। उनले हास्दै आफ्नो अनुभव सुनाए ” बेला बेला साथीहरू पार्टी नै खोलौ भन्नु हुन्छ त्यो भनेको हामी प्रतिको विश्वास हो त्यसलाई हामीले सामाजिक कामबाटै नै राख्ने छौ “।

एमआरआरले अहिलेको बाढी प्रभावितको सहयोगको लागि ६ सदस्यीय समिति गठन गरी बाढी बाट पुराएको क्षति , प्रभावित जिल्लाहरुको बारेमा डाटा सङ्कलन , स्थानीय स्तरमा सम्वान्य गरी राहत वितरणमा खटिएको छ । बाढी आएको केही घण्टामै सामाजिक सञ्जाल बाट विभन्न क्षेत्रका सूचनाहरू सङ्कलन गरी प्रवाह गरेको थियो भने बाटोको र समुदायको अवस्थाको बारेमा निरन्तर रूपमा सूचना दिएर सतर्क गराउने कार्यको भूमिका खेलेको थियो । थापाका अनुसार विशेष गरी चितवन , झापा र बिराटनगरमामा बाढी बाट प्रभावितहरुको उद्धारको लागि स्थानीय रूपमा होटेल , स्कुल , स्थानीय घरहरुसंग सम्वन्य गरी बासको लागि जानकारीहरू दिँदै सहयोग गरेको थियो ।

बिराटनगरमा सागर सेन्चुरीको नेतृत्वमा पहिलो दिन देखि नै फिल्डमै खटेर एमआरआर उद्धार र राहतमा खट्दै आएको छ । काठमाडौँ , चितवन , बुटवल , पोखरा , हेटौडा , झापामा एमआरआर सदस्यहरूले राहत सङ्कलन गरेका थिए । काठमाडौँमा नेपाली आर्मीसंग सहकार्य गर्दै रौतहटमा सहयोग पुराएको छ भने अन्य स्थानमा बाट पनि विभन्न समूहहरुसँग मिलि राहत वितरणमा सक्रिय रहेको छ। यस पछि बाढी बाट प्रभावितहरुको सहयोगको लागि अर्को चरणको कार्यक्रम समेत गर्ने तयारी रहेको थापाले बताएका छन्।