साईबर सेक्यूरिटी मजबुद नहुँदा साईबर क्राईम बढ्दो - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

साईबर सेक्यूरिटी मजबुद नहुँदा साईबर क्राईम बढ्दो



झविन्द्र देवकोटा ,बुटवल । बुटवलमा साईवर सेक्यूरेटी सम्बन्धी एक दिने कार्यक्रम भएको छ । रोटर्याक क्लब अफ तिलोत्तमा रुपन्देहीले सामाजिक सञ्जालको प्रयोग र यसले निम्त्याएको साईबर अपराधका विषयमा जानकारी गराउने उद्देश्यले बुटवलमा साईबर सेक्यूरिटी सम्बन्धी कार्यक्रम गरेको हो ।

क्लबका अध्यक्ष विक्रम क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत साईवर क्राईमका घट्नाहरु बढ्दै गएको भन्दै त्यस सम्वनिध आफै सचेत हुनु पर्ने बताउनुभयो । उहाँले साईबर क्राईम कम गर्नका लागि साईबर सेक्यूरिटी नै पहिलो प्राथमिक्ता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– सामाजिक सञ्जालको प्रयोग गर्दा धेरै ध्यान दिनुपर्छ, कुन र कति बेला फस्न सकिन्छ भन्ने थाहाँनै हुँदैन । यो अपराधको सिकार हुनु पहिले आफै नै सचेत हुनुपर्छ र जोगिनु नै साईबर क्राईममा नफस्नु हो । इन्टरनेट ह्याकर र साईबर क्राईम गर्नेलाई समात्न गाह्रो हुने भएकाले त्यस्ता कुनै गतिविधि बारे शङ्का लागेमा प्रहरीलाई तत्काल खबर गर्ने उहाँले सुझाव दिनुहुन्छ ।

यस्तै कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्दं्र जिसिले साइवर सेक्यूरिटी मजबुद हुन नसक्दा साईबर क्राईमका घटनामा वृद्धि भएको उल्लेख गर्दै साईवर क्राईमका कारण हुने विभिन्न आपराधिक घटनालाई कम गर्न प्रहरी प्रशासनको सक्रियता बढी हुनु पर्ने बताउनुभयो । साईबर सेक्यूरिटी मजबुद नहुँदा साईबर क्राईम बढ्दो देखिएकाले त्यसतर्फ इन्टरनेट प्रयोगकर्ताहरु सचेत हुनुपर्ने अध्यक्ष जिसि बताउनुहुन्छ ।

कार्यक्रममा ईगल आई ईन्टरनेशनल आईटी सलुशनका आईटी अफिसर माधव ढुंगाना, नरेश लामगादे, सन्तोष भण्डारी, निर्मल दहाल, सचिन ढकुरी, आदित्य थपलिया, आवर्तन ढकाल लगायतले साईवर सेक्यूरेटि र साईवर क्राईम सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । ईगल आई ईन्टरनेशनल आईटी सलुशनको सहकार्यमा भएको कार्यक्रममा रुपन्देहीमा रहेका आईटी सम्बन्धी कलेजमा अध्ययनरत विद्यार्थीहरू, प्रहरी अधिकारीहरू लगायत गरी झन्डै २ सय जनाको सहभागिता रहेको थियो ।