रोनाल्डोले आफ्नो भाउ एकाएक बढाए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रोनाल्डोले आफ्नो भाउ एकाएक बढाए



काठमाडौं । पोर्चुगिच फुटबल कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो भाउ एकाएक बढाएका छन् । फिफा वर्ष खेलाडी रोनाल्डोले स्पेनजस्तो बलियो टिम विरुद्धको विश्वकपको पहिलो खेलमा ह्याट्रिक गर्दै उनका समर्थकलाई खुशी त पारे नै फुटबल जतलाई आफूनै अब्बल रहेको प्रमाणित गरिदिएका छन् ।

विश्वकपको समूह बी को पहिलो खेलमा विश्वकपका दुवै उपाधि दावेदारबीच भएको भिडन्तमा रोनाल्डोले ह्याट्रिक गरेका हुन् । स्पेनसंग सन्तुलित टिम छ । त्यति हुँदा पनि जित्न सकेन ।

हुनत २–१ को अग्रतालाई पोर्चुगलले कायम राख्न सकेन । तर ३–२ को स्थिति हुँदा पनि स्पेन चुक्यो । खेल निकै आकर्षक थियो । अनि रोनाल्डोले भाउ बढाए ।

विश्वकपको इतिहासमा अहिलेसम्म जम्मा ५१ वटा ह्याट्रिक भएका छन् । त्यसमा रोनाल्डोको नाम पनि सामेल भएको छ । चौथो पटक विश्वकप खेलिरहेका रोनाल्डो चार वटै विश्वकपमा गोल गर्ने सीमित खेलाडीमा पर्न सफलसमेत भएका छन् ।

स्पेनिस क्लव रियाल मड्रिड छोडेर अहिले उनी कतै पनि आवद्ध भएका छैनन् । उनलाई निकै राम्रो अवसर भएको छ । भाउ बढेको छ । विश्वकप सकिएपछि उनी विश्वकै महंगा खेलाडी हुन सक्छन् ।