क्रिकेटमा इतिहास रच्दै नेपाल : वान–डे अन्तर्राष्ट्रिय मान्यता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

क्रिकेटमा इतिहास रच्दै नेपाल : वान–डे अन्तर्राष्ट्रिय मान्यता



काठमाडौँ, चैत १ – नेपालले क्रिकेट इतिहासमा नै ठुलो सफलता हात पारेको छ ।

जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो ।

नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठुलो सहयोग गर्नेछ भने निरन्तर रूपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरूमा सहभागिता जनाउन पाउने छ ।

आजको खेलमा हारेको पपुवा न्यूगिनीको भने एकदिवसीय मान्यता खोसिएको छ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको एकदिवसीय मान्यतामा भने प्लेअफमा पराजित भए पनि कुनै असर पर्ने छैन ।