शशिकान्त शकुन्तला बर्मा टि–२० क्रिकेट : खुकुरी र होराइजन क्रिकेट क्लब विजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शशिकान्त शकुन्तला बर्मा टि–२० क्रिकेट : खुकुरी र होराइजन क्रिकेट क्लब विजयी



बुटवल । रुपन्देहिकाे भैरहवामा जारी जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि–२० क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र न्यू होराइजन क्रिकेट क्लब बुटवल विजयी भएका छन् ।

स्थानीय सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा खुकरीले आइसिएफसी प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवालाई ९६ रनले पराजित ग¥यो । टस जितेर पहिला व्याटिङ गरेको खुकुरीले ७ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । उसका लागि प्रज्वल थापाले ४४, संदीप रजालीले ४२ तथा लालबहादुर अधिकारीले नटआउट ३१ रन बनाए । बलिङमा प्रोफेसनलका शैलेश श्रीवास्तवले ३ विकेट लिए ।

प्रतिउत्तरमा प्रोफेसनल ८ विकेटको क्षतिमा ८२ रनमै समेटियो । उसका लागि मोहम्मद इबराइनले २६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा खुकुरीका साहव आलमले ३ तथा लालबहादुर अधिकारी र एकलाख अहम्मदले समान २÷२ विकेट लिए । लालबहादुर अधिकारी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा होराइजनले वेष्टर्न क्रिकेट क्लब बुटवललाई ८ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको होराइजनले ९ विकेटको क्षतिमा ११३ रनको योगफल बनाएको थियो । जसमा विशाल बन्जाडेले २२ तथा गणेश गौडेलले १७ रन बनाए । बलिङमा वेष्टर्नका कमलसिंह ऐरी र देवेन्द्र सोमारेले समान ३÷३ विकेट लिए । प्रतिउत्तरमा वेष्टर्नले १८.४ ओभरमा सबै विकेट गुमाई १०५ रन मात्रै बनायो । उसका लागि राहुल कुमारले ३३ तथा कमलसिंह ऐरीले २० रन बनाए । बलिङमा म्यान अफ द म्याच समेत रहेका होराइजनका अनिल खरेलले ३ तथा कुशल मल्लले २ विकेट लिए ।

मंगलबार ज्ञानोदय क्रिकेट क्लब करहिया र देवदह क्रिकेट युनिट देवदह तथा न्यू होराइजन क्रिकेट क्लब बुटवल र साइ ग्लोबल क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघकाका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपबिजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी म्यान अफ दि सिरिज ले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । अमेरिका निवासी विवेक बर्मा मुख्य प्रायोजक रहेको प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट कथ्था मिलले सहप्रायोजन गरेका छन् । जिल्लाका ‘ए’ डिभिजनका १२ टिम सहभागि रहेको प्रतियोगिता चैत ८ गतेसम्म चल्ने छ ।