५ वर्षपछि काँग्रेस मुलुकको पहिलो शक्ति हुन्छ : मुस्कान - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

५ वर्षपछि काँग्रेस मुलुकको पहिलो शक्ति हुन्छ : मुस्कान



अर्घाखाँची:नेपाली काँग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले आगामी ५ वर्षपछि हुने चुनावबाट काँग्रेस मुलुकको पहिलो शक्ति हुने बताउनुभएको छ । उहाँले सशक्त प्रतिपक्षको भूमिकामा रहेर जनताको पक्षमा विकास र सम्बृद्धिको काममा सक्रियतापूर्वक लाग्ने बताउनुभयो ।

नेपाल महिला सङ्घ शीतगंगा नगरपालिकाको ठाडामा प्रथम अधिवेशनको उद्घाटन गर्दै मुस्कानले हरेक परिवर्तित आन्दोलनको नेतृत्व काँग्रेसले नै गरेको बताउनुभयो । मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति सहित सम्बृद्धिको अभियान पनि काँग्रेसले नै गर्ने बताउँदै प्रतिपक्षमा बसेर गाउँ को विकास र जनतालाई आर्थिक रूपमा सम्बृद्ध पार्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयोे । गाउँ टोलमा सङ्गठन निर्माण गरेर काँग्रेसलाई बलियो शक्ति बनाउने दाबी गर्दै एमाले र माओवादी केन्द्र पाटी एकीकरण गर्दैमा र सरकार निर्माण गर्दैमा नअत्तालिन कार्यकतालाई आग्रह गर्नुभयो । अब सबै नेता गाउँ“मा पुगेर सङ्गठन निर्माणको काममा लाग्ने योजना जिल्ला पाटीले बनाउन लागेको बताउनुभयो ।

काँग्रेस उपसभापति शान्ता भण्डारीले राजनीतिक, सामाजिक र सम्बृद्धिको यात्राको नेतृत्वमा गाउँ–गाउँ बाट महिलाले नेतृत्व गर्नुपर्ने बताउनुभयो । जिल्ला सचिव छविलाल पौडेलले काँग्रेस विना मुलुक चल्न नसक्ने भएकाले फेरी आउँदो चुनावमा जनताले काँग्रेसलाई पहिले शक्ति बनाउने बताउनुभयो । कार्यक्रममा काँग्रेस महासमिति सदस्य एवं शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले नगरलाई पाँच वर्षभित्रमा सम्बृद्ध बनाउने योजनाका साथ बजेट विनियोजन गरी काम अगाडी बढाइएको बताउनुभयो ।

काँग्रेस जिल्ला सदस्य पीताम्बर खनाल, शीतगंगा नगर सभापति मोती बेल्वासे, महिला सङ्घकी क्षेत्रीय सभापति जिमा अर्याल, तरुणदल शीतगंगा नगर सभापति विमल गरौजा, नेविसंघका कार्यवाहक अध्यक्ष नेत्र मरासीनी, उपाध्यक्ष सुरज रायमाझी, नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि वीरेन्द्र केसी लगायतले सम्बृद्ध नगरपालिका बनाउन सबै एकजुट हुनुुपर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रम मानु थापाको अध्यक्षता, गणेश विकको सञ्चालन र कमला बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो । नगरभित्रका १४ वटै वडाबाट उपस्थित महिलाको भेलाले जीवा पौडेलको सभापतित्वमा १५ सदस्यीय नेपाल महिला सङ्घ शीतगंगा नगर समिति गठन भएको छ । उपाध्यक्षमा खुमा बेल्वासे, सचिव कमला बेल्वासे, सहसचिव शान्ता अधिकारी, कोषाध्यक्ष लुल्सा आचार्य रहेका छन् ।