गुण्डा नाइकेलाई छुटाउन कांग्रेसीको यस्तो हर्कत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गुण्डा नाइकेलाई छुटाउन कांग्रेसीको यस्तो हर्कत



हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई  छुटाउन भन्दै काभ्रेको बनेपामा निस्किएको  र्‍यालीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्यो ।

लामालाई छुटाउन माग गर्दै नेपाली कांग्रेस काभ्रेले बनेपामा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तपक्षेप गरेको हो ।

गुण्डाका नाइके छुटाउन भएको जुलुसमा झडप हुँदा प्रर्दशनकारीहरुबाट केहि लठ्ठी र ग्यालेन बरामत भएको [प्रहरीले जनाएको छ।

गौशालाको होटल पशुपति भिजनमा गत फागुन ३० गते गोली चलेको थियो । घटना लगत्तै पुगेको प्रहरीले गणेश लामालाई ७ राउन्ड गोलीसहित पक्राउ गरेको थियो ।