वडा अध्यक्ष सहित १२ सय जना कांग्रेसमा प्रबेश - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

वडा अध्यक्ष सहित १२ सय जना कांग्रेसमा प्रबेश



कपिलवस्तु ५ मंसिर । यशोधरा गाउपालिका– ५ बैदौलीका बडाअध्यक्ष सहीत १२ सय जना बढी कांग्रेसमा प्रबेश गरेका छन ।
बैदौलीमा आयोजित भेलामा नया शक्ति फोरम एमाले लगायत पार्टी परित्याग गरी वडाध्यक्ष नईम मुसलमान सहीत कांग्रेसको सदस्यता लिएका हुन ।

पार्टी सभापति तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्र आचार्य तथा बिधायकका प्रत्यासी सुधार पाण्ेडेयले नव प्रबेसीहरुलाई स्वागत गदैृ पार्टीमा प्रबेश गराएका थिए । बैदौलीमा अगुवा कार्यकर्ता मनेश्वर यादव, श्यामलाल नाउ, मुख्तार मुसलमान, अब्दुल नुर मुसलमान, सम्मी मुसलमान, मोहर अली लगायत कांग्रेसको सदस्या लिएको पार्टीले जनाएको छ ।
यस अघि नै कैदौली गाबिसका अगुवा नेता मोलबी हारुन कांग्रेसमा प्रबेश गरी सकेका छन । सो अवसरमा बोल्दै नेता आचार्यले बाम गठबन्धनको ध्याय लोमो सयम सम्म सत्तामा बसीरहन कै लागि रहेको जनताले बुझी सकेको बताए ।

कांग्रेसको आधार क्षेत्र नै मधेस रहेकोले मधेसीहरुको हक अधिकारकालागि कांग्रेस अग्रेस हुने उनले बताए । मधेसीहरुको हक अधिकार कुन्ठीत गर्ने बाम शक्ति मै लागेर केही नेताहरुले मधेसी नेता सत्ता मै लिन रहन चाहेको उनले बताए । साचे बिचार गरुैरु मतदान नर्ग उनले आग्रह गरे ।

यसैगरी बिधायकका उम्मेदवार सुधारकर पाण्डेयले लोकतन्त्रको रक्षा र जनतको अधिकार स्थापनाकालागि कांग्रेसलाई मतदान गर्न आग्रह गरे । यसै गरी तिर्तिखीमा स्थानीय युवाहरुलद्धरा आयोजित क्रिकेटप्रतियोगीताको समते नेता आचार्य र पाण्डेयले उदेघाटन गरेका थिए ।