काँग्रेसीजन ! आरोप होइन , आत्मसमिक्षा गरौँ । - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काँग्रेसीजन ! आरोप होइन , आत्मसमिक्षा गरौँ ।



-बल पुन

सन् २०१४ मा भारतमा भएको चुनावले भारतको कॉंग्रेस पार्टीलाई सत्ताबाट हटाएर भारतीय जनता पार्टीलाई सत्तामा पुराएको थियो। त्यो भन्दा अघिको निर्वाचनमा कॉंग्रेस सँग २०६ सिट र भाजपा सँग ११६ सिट थियो तर २०१४ को चुनावमा कॉंग्रेसले जम्मा ४४ सिट र भाजपाले २८२ सिट लिएर पूर्ण बहुमत लिएको थियो। २०१४ को चुनावमा कॉंग्रेसले १६२ सिट गुमाएको थियो भने भाजपाले १६६ सिट धेरै पाएको थियो।

भारतको सन २०१४ को चुनाव र नेपालको चुनाव २०७४ मा धेरै समानता देखिदैछ।कॉंग्रेसको प्रचार शैली पनि भारतीय कॉंग्रेस जस्तै धेरै जसो विरासतमा(लिगेसी) आधारित र विपक्षीलाई गलत साबित गर्नमा मात्रै केन्द्रित थियो। उदाहरणको लागि विपी, गणेशमानको लिगेसी तथा कम्युनिस्ट सरकार आयो भने रुन पनि पाऊदैन तथा अधिनायकवाद जस्ता कुरा ! भनिन्छ पहिलो क़दमले मान्छेको गन्तव्य निर्धारित गर्छ र कॉंग्रेसको पहिलो क़दम नै गलत भयो किन भने नेपाली जनताले राणा, राजा र पंचायत जस्ता अधिनायतवाद लाई पन्छाऊदै लोकतंत्र हुँदै गणतंत्र सम्म पुगेकोले अब कसैले पनि जनता माथि अधिनायकवाद लाद्ने हिम्मत गर्ला भन्ने कुरा पत्याउनु भएन र त्यो आफ्नो मतबाट देखाउनु भयो।जनताले अहिले लिगेसी भन्दा नि काम गर्ने मान्छे खोजेकोछ, अरूको ग़लती बताउने भन्दा नि मैले कसरी राम्रो गर्न सक्छु भन्नेलाई खोजेकोछ।

नेपालको चुनावको प्रारम्भिक नतिजा ले नेपालमा पनि कॉंग्रेसलाई कमसेकम ५ वर्षलाई वामगठबंधनले सत्ता भन्दा बाहिर राख्ने देखिन्छ र वामगठबंधनले राम्रो काम गरेर जनताको मनजित्न सफल भयो भने कॉंग्रेस लाई सत्तामा पुग्न झन् धेरै समय पर्खिनु पर्नेछ।

भारतमा भाजपालाई अतिहिन्दुवादी को रूपमा चित्रित गरिएको थियो जसलाई केही अपवाद बाहेक भाजपाले गलत साबित गर्‍यो तथा भाजपा सरकारको नेपाल लगायत केही विदेश नीतिमा कमज़ोरी बाहेक सरकार सफल नै मानिएकोछ।नेपालमा पनि वाम एकता लाई अधिनायकवादी को रूप मा हेर्ने थुप्रै छन्, त्येसलाई वाम गठबंधनले पूर्ण रूपमा गलत साबित गर्नु पर्छ।

चुनावी एकता पछि पार्टी एकता सम्मको कुरा गरेर छरिएर बसेको वामपंथी लाई एक ठाउँमा पुराएर वामपंथीहरुको मत पाएर विजय तर्फ लम्किदै गरेको वाम गठबंधनको असली परीक्षा अब सुरु हुन्छ जस्तो मलाई लाग्छ। पार्टी एकता गर्दा नेताहरूको मर्यादक्रम, पद लगायत थुप्रै कुरा हरुमा विवाद आउनेछ, तर वामपंथी हरू साच्चैमा देशको विकासको लागि एक भएको हो भने पदीय लालसा भन्दा माथि ऊठ्नै पर्छ। फेरि पनि तेही पदीय लोभमा अल्झेर बस्नु भयो भने जनताले आर्को मौका दिनेछैन।

निष्कर्ष: जनता पहिला भन्दा धेरै समझदार र बुझ्ने भइसकेको छन्, पार्टी पछि लाग्न भन्दा नि गर्ने मान्छे लाई मत दिन चाहन्छन।रक्सी-मासु र पैसा जसको खाएपनि मत काम गर्ने मान्छे लाई नै दिन्छन। तेही भएर सबै पार्टीले मत पाऊनुलाई काम गरेर देखाऊनै पर्छ।
नेपालीमा एउटा ऊखान छ “जिते भनेर न मात्तिने, हारे भनेर न आत्तिने” तेही भएर जित्ने ले फेरि जित्नलाई आफूले भनेको कुरा पुर गर्ने र हारेकोले आर्को पटक जित्नलाई “जनता जनार्दन हुन्छ” भन्ने कुरालाई आत्मसात गर्दै जनताको मनजित्ने काम गर्नुस न कि पार्टीको।

भारतका जनताले भाजपाको कामको समीक्षा र प्रतिफल सन् २०१९ को निर्वाचन मार्फत दिनेछ र नेपालको जनताले अहिले स्थापित हुन लागेको सरकार ५ वर्ष रहेको खंडमा, संविधान पारित भए पछिको दोस्रो निर्वाचन २०७९ सालको निर्वाचन मार्फत दिनेछ।
भारतमा सन् २०१४ को चुनावले स्थायी सरकार दिए जस्तै नेपाल लाई २०७४ सालको चुनावले स्थायी सरकार दिन्छ कि नाई त्यो हेर्न बॉंकि नै छ। आशा गरौँ नेपाली जनतालाई भारत जस्तै ४ अङ्क शुभ होस।