दुई वटा मत पत्र बनाउनुपर्नेमा कांग्रेसको जोड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दुई वटा मत पत्र बनाउनुपर्नेमा कांग्रेसको जोड



काठमाण्डौ ।

नेपाली कांग्रेसको शीर्ष नेताहरु सम्मिलित बैठकमा सर्वोच्च अदालतले आगामी निर्वाचनका लागि दुई वटा मतपत्र छाप्ने आशयको निर्णयबारे छलफल भएको छ । बैठकमा सर्वोच्च अदालतले प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र अलग–अलग बनाउनुपर्नेबारेको निर्णयमा छलफल भएको हो ।

 

एकै चरणमा निर्वाचन गर्ने सोच बनाएको कांग्रेसले सर्वोच्चको निर्णयबारे छलफल गरेको हो । आज पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्नुअघि कांग्रेस बैठकमा सर्वोच्चको निर्णयबारे छलफल भएको हो । यदि सर्वोच्चको निर्णय कार्यान्वयन गर्न नसके अदालतको मानहानी हुने भन्दै त्यसबारे छलफल गर्नुपर्ने कांगे्रसले अनौपचारिक निष्कर्ष निकालेको छ । बैठकमा कांग्रेस नेता विमलेन्द्र निधिले सर्वोच्चको निर्णयको पूर्ण पाठ सुनाउनुभएको बताइएको छ ।

यस्तै निर्वाचन आयोगसँग समेत परामर्श भइरहेको बताइएको छ । निर्वाचन आयोगले भने अदालतको निर्णय अध्ययन गर्न कार्यदल नै गठन गरेको छ । यसअघि नेपाली कांग्रेसभित्र निर्वाचन एकै चरणमा गर्ने वा पछि सार्नेबारे छलफल भएको थियो । तर, पहिलो चरणको निर्वाचनको काम अघि बढिसकेकाले तोकिएकै मितिमा निर्वाचन हुने भएको छ ।