माओवादीका वडाध्यक्ष सहित दर्जनौ कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माओवादीका वडाध्यक्ष सहित दर्जनौ कांग्रेसमा प्रवेश



बारा ।

देशमा चुनावको माहोल छाएको छ । कार्यकर्ताहरुलाई पनि कित्ताकाटको महामारी छ । खासगरी बिचार र प्रवृति नामिल्नेहरुले गरेको गठबन्धनले गर्दा धेरै कार्यकर्ताहरु रुस्ट छन् । त्यसैको फलस्वरूप विभिन्न पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको छ ।

महागढीमाई नगरपालिका वार्ड नं. ९ को माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका पिन्टु भन्ने शशिकान्त मिश्रा सहित दर्जनौ नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।  गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि मिश्रा माओवादी केन्द्रबाट टिकट पाएर विजयी भएका थिए ।

मिश्रालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार राधेचन्द्र यादवले टिका लगाएर पुनः नेपाली कांग्रेसमा भित्रयाउन सफल भएका हुन ।  मिश्रा सँगै वडा सदस्यमा विजयी भएका पहलाद राउत कुर्मी सहित दर्जनौ माओवादी केन्द्र र मधेशवादी दलका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन ।

आयोजना गरिएको पार्टी प्रवेश तथा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता यादवले मधेशी समुदायको हक अधिकार दिलाउने एकमात्र पार्टी नेपाली कांग्रेस रहेकोले अन्य पार्टीले मधेशी समुदायलाई प्रयोग मात्र गरिरहेको बताए । मधेशी समुदाय सधै कांग्रेस पार्टीको साथमा रहेकोले अब पनि मधेशी समुदाय कांग्रेस सँगै रहनु पर्ने समय आएको बताए ।

बाम गठबन्धन र मधेशवादी गठबन्धन दुबै देशको लागि खतरा रहेकोले ती पार्टीका उम्मेदवार सँग सतर्क रहनु पर्ने नेता यादवले सुझाए । अहिले देश बामपन्थी र लोकतान्त्रिक गरी दुई कितामा मात्रै रहेको अवस्थामा लोकतन्त्रको लागि पनि मधेशी समुदाय कांग्रेसलाई नै भोट दिएर लोकतन्त्रलाई स्थापित गरी राख्नु पर्नेमा जोड दिए ।