कांग्रेसको निस्कर्ष : अध्यादेश ‘होल्ड’ राख्नु ‘असंवैधानिक’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कांग्रेसको निस्कर्ष : अध्यादेश ‘होल्ड’ राख्नु ‘असंवैधानिक’



कांग्रेसले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक भूमिकामाथि प्रश्न उठाएको छ । सरकारले दुई महिनाअघि पठाएको अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नुलाई ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर छ ।

अध्यादेश रोकिएको विषयमा कांग्रेसका शीर्ष तहका नेता केही दिनदेखि छलफलमा छन् । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेकै ‘उक्साहट’ मा राष्ट्रपतिले अध्यादेश होल्ड गरेको बताउँदै आएका छन् । देउवाको भनाइसँगै मुलुकको कार्यकारी प्रमुख र राष्ट्राध्यक्षबीचको असन्तुष्टि सतहमा आएको छ ।

कांग्रेसले राष्ट्रपतिलाई विवादमा नल्याउन एमालेसँग पनि आग्रह गरेको छ । प्रधानमन्त्री देउवाले सरकारले पठाएको अध्यादेश एमाले अध्यक्ष केपी ओलीकै दबाबमा राष्ट्रपति भण्डारीले दुई महिनासम्म ‘होल्ड’ गरेको बताउँदै आएका छन् ।

देउवाले शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग र अघिल्लो दिन राष्ट्रपति भण्डारीसँग भेटमा समेत अध्यादेश जारी नभएकोमा असन्तुष्टि प्रकट गरेका थिए । यो खबर आजको कान्तिपुरमा छ ।