२३ सिट जितेपनि काँग्रेस नै बन्यो ठुलो पार्टी - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

२३ सिट जितेपनि काँग्रेस नै बन्यो ठुलो पार्टी



काठमाडौं-

मङ्सिर १० र २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा एमालेले प्रत्येक्षमा ८० सिट जितेर ठुलो पार्टी बनेपनि मतको हिसाबले भने नेपाली काँग्रेस नै पहिलो र ठुलो दलको रूपमा देखिएको छ ।

निर्वाचन आयोगले जारी गरेको दलहरूले पाएको मतको जानकारी आनुसार नेपाली काँग्रेस नै सबै भन्दा धेरै मत प्राप्त गर्ने पार्टी बनेको छ । एमाले भन्दा झन्डै ५ लाख मत बढी पाएको डाटा निर्वाचन आयोगले सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगका अनुसार देशभरको सदर मत प्रत्यक्ष तर्फ १ करोड ४० हजार ४८ छ, यसमध्ये नेपाली काँग्रेसले ३५ लाख ८९ हजार १ सय ३५ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ३० लाख ७८ हजार ७ सय ४३ मत पाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १५ लाख १० हजार ७ सय साठी मत पाएको छ ।

दुवै दल मिलेर सबै ठाउँमा चुनाव लडेकाले काँग्रेसलाई घाटा भए पनि मतमा भने एमाले भन्दा पनि ५ लाख अगाडी देखिएको छ । अर्को कुरा काँग्रेसले चुनावलाई सही व्यवस्थापन गर्न नसकेको ले सिटमा भने कम देखिएको छ

यस्तो छ निर्वाचन आयोगको