सीके राउत प्रहरीद्वारा घेरा हाली पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सीके राउत प्रहरीद्वारा घेरा हाली पक्राउ



काठमाण्डौ । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई आज फेरी प्रहरीले पक्राउ गरेको छ । राउतलाई धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका बेला प्रहरीले घेरा हाली पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक राजकिशोर साहको टोली राउतलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारण खुलाएको छैन । यसअघि पनि पटक–पटक पक्राउ परेका उनीविरुद्ध अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो ।