चुनाव जितेपछि प्रकाशमानले भने– शेरबहादुरको कारण कांग्रेसले हार्यो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चुनाव जितेपछि प्रकाशमानले भने– शेरबहादुरको कारण कांग्रेसले हार्यो



मंसिर २३,काठमाडौं–काँग्रेस नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वकै कारण प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको प्रारिम्भक टिप्पणी गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका  काँग्रेस नेता सिंहले जनताको अपेक्षा अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नचलेका कारण पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको प्रारम्भिक प्रतिक्रिया दिए ।

काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रो पटक पनि विजयी भएका उनले  आफ्नै निवास चाक्सीबारीमा संचारकर्मीसँग कुरा गर्दै पार्टी नेतृत्वलाई पार्टी सही ढंगले चलाएको लाग्ने गरेपनि जनताले त्यसलाई सच्याउन निर्वाचनमार्फत् आदेश दिएको पनि उल्लेख गरे ।

काँग्रेस नेता सिंहले पार्टीको मुद्दाको भने विजयी भएको दावी पनि गरे । उनले शान्ति ल्याउने र संविधान जारी गर्ने पार्टीको मुद्धा सफल भएकै कारण आफू निर्वाचनमा विजयी भएको पनि बताए ।

नेता सिंहले काँग्रेसलाई विधिसम्मत ढंगले अघि बढाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।