चुनाब हारेर के भो र ? जिल्लाको विकास र समृद्धिमा लागिरहन्छु :पौडेल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चुनाब हारेर के भो र ? जिल्लाको विकास र समृद्धिमा लागिरहन्छु :पौडेल



दमौली- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिमा लागिरहने बताएका छन्।

गृहजिल्ला तनहुँ पुगेका पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद दिँदै यस्तो बताएका हुन्। पौडेल प्रतिनिधिसभा निर्वाचनमा तनहुँ १ बाट नेकपा एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए।

नेता पौडेलले अहिले देखिएको राजनीतिक समस्याबारे प्रतिक्रिया दिँदै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताए।

पौडेलले राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया सुरु नहुने भन्दै राष्ट्रपतिले अध्यादेश रोक्न उचित नहुने बताए।

सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्नँ भन्नु सर्वसत्तावाद र अधिनायकवादको सङ्केत भएको नेता पौडेलको टिप्पणी थियो। रासस