चुन प्रसाद चुनिए बिरुवा गाउँपालिका अध्यक्षको उम्मेदवार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चुन प्रसाद चुनिए बिरुवा गाउँपालिका अध्यक्षको उम्मेदवार



 

आकाश खनाल
हिमालपोष्ट/ स्याङ्जा

स्याङ्जाको बिरुवा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा चुन प्रसाद शर्माले उम्मेदवारी दिएका छन् । उनी हाल पार्टीको जिल्ला कमिटी सदस्य हुन ।

विरुवा गाउँपालिका ४ स्याङ्जा निवासी शर्मा २०५४ सालको निर्वाचनमा गाविस उपाध्यक्ष मा निर्वाचित भएका थिए । जिल्ला कमिटी सदस्य तथा बिरुवा गाउँपालिका संयोजक रहेका उनी लोकप्रिय उम्मेदवार हुन ।

२०५५ साल देखी कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका उनले आफ्नो कार्यकाल सफल बनाएका थिए । विकास सामुदायिक बिद्युतको संस्थापक सचिव रहेका शर्मा हाल अध्यक्ष छन् । घुम्ती चिसापानी मोटरबाटोको २ कार्यकाल सचिवको सफल कार्यकाल बिताएका चुन प्रसाद जनताले विश्वास गर्ने कुरामा विश्वस्त छन् ।

६२/६३ को जनअन्दोलनमा १६ दिन जेल बसेका चुन प्रसाद राजनीतिक रूपमा निखारिएका तथा लोकप्रिय उम्मेदवार भएको स्थानियहरु बताउँछन ।

एक स्थानीयले भने चुन प्रसादकै नेतृत्वमा गाउमा मोटरबाटो, खानेपानी र बिजुली पुगेको हो, उनी गाउँपालिकालाइ राम्रो गर्न सक्छन् ।