रुपन्देहीका चार पत्रकारलाइ उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रुपन्देहीका चार पत्रकारलाइ उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार



हिमाल पोष्ट / बुटवल , चैत्र २० । ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरपारी रुपन्देहीमा सहकारीको विकास र समृद्धिका लागि कलम चलाइएको भन्दै रुपन्देहीका चार जना पत्रकारहरुलाई  प्रदान गरिएको छ ।

 

डिभिजन सहकारी कार्यालय रुपन्देहीले तीन जना र नेपाल पत्रकार महासंघ रुपन्देही र जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा स्थापना गरिएको पुरस्कारबाट एक जना गरि चार जनालाई पुरस्कृत गरिएको हो ।

डिभिजन सहकारी कार्यालय रुपन्देहीले सहकारीको विकासमा कलम चलाएको भन्दै बुटवल एफएम तथा तिलोत्तमा दैनिकका पत्रकार झविन्द देवकोटा, गौतमबुद्ध सन्देशका सम्पादक टिआर शर्मा र बुटवलटुडेका सम्बाददादा कृष्ण खनाललाई नगद १०-१० हजार सहित प्रशंसापत्रले पुरस्कृत गरेको हो ।

यस्तै अन्नपुर्ण दैनिकका संवाददाता लक्ष्मण पोखरेल बचत संघ र पत्रकार महासंघले स्थापना गरिएको पुरस्कार प्रदान गरिएको हो । पोखरेललाई पनि नगद १० हजार तथा प्रशंसापत्र प्रदान गरिएको छ । उहाँहरुलाई डिभिजन कार्यालयका प्रमुख नेत्रप्रसाद घिमिरे, नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकाल र जिल्ला सहकारी संघका अध्यक्ष भिमप्रसाद तुलाचनले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नु भएको हो ।