क्रिशमशको अवसरमा ५२६ जना कैदीलाई आम माफी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्रिशमशको अवसरमा ५२६ जना कैदीलाई आम माफी



श्रीलङ्काले ईसाइ धर्माबलम्बीहरुको महान पर्व क्रिशमशको दिन ५२६ जना कैदीलाई आम माफी दिएको छ । श्रीलङ्कामा बौद्ध धर्माबलम्बीहरुको बाहुल्यता रहेको छ ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले क्रिशमश दिवसको अवसरमा सोमबार ५२६ जना कैदीलाई आम माफी दिनुभएको अधिकारीहरुले बताएका छन् ।
आम माफी पाउनेहरु सामान्य अपराधमा काराबासको सजाय भोगिरहेका कैदीहरु रहेको यहाँको जेलका एक अधिकारीले जानकारी दिएका छन् ।
श्रीलङ्कामा कुल जनसंख्याको सात प्रतिशत जनसंख्या मात्रै ईसाइ धर्माबलम्बीहरुको रहेको छ । उनीहरु विषेश गरेर देशको पश्चिमी क्षेत्रमा पर्ने तटीय ठाँउहरुमा बसोबास गर्छन् ।
श्रीलङ्काले नयाँ बर्ष, राष्ट्रिय स्वतन्त्रता दिवस, बुद्ध धर्माबलम्बीहरुको पर्व भेसाक जस्ता अत्यन्त महत्वपूर्ण दिनको अवसरमा केही कैदीहरुलाई आम माफी दिने गरेकोमा यस पटक क्रिशमसको दिन पनि आम माफी दिएको हो ।
राष्ट्रपतिलाई महत्वपूर्ण दिवस तथा स्थानीय पर्वहरुका अवसरमा कैदीहरुलाई आम माफी दिन पाउने अधिकार श्रीलङ्काको संविधानले दिएको छ ।  रासस