चोरी भएको सपना र साईकल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चोरी भएको सपना र साईकल



हरि थापा

केही विश्वविख्यता साहित्यकार अनि लेखकले लेखेका सफल व्यक्तिको अात्माकथा पढ्दा जिउन केही हैन भन्ने लाग्छ अनि अहो! कति लोभ लाग्दो कथा भन्ने लाग्छ सङघर्षका पनाहरू पल्टाईरहदा मन फुरुङ्ग हुन्छ चङ्गा झैँ उडी गगन चुम्न पुग्छन् र अचानक धागो चुँडिई बादल भित्रै हराउँछन्।

यहाँ देखिएका पढिएका कृतिका पात्रहरूको कहानी सुन्दा सफलता भन्ने कुरा सजिलै विना कसरत प्राप्त गर्न सकिने जिनिस रहेछ भन्ने लाग्छ तर हैन! माफ गर्नुहोस् यो सबै अाख्याँनमा सीमित छन् पढ्दा रमाइलो यथार्थमा भोग गर्दा अमिलो टर्रो भेटिन्छ।

भन्नेहरू भन्छन् जीवन जस्तो सुकै होस तर सपना देख्न बिर्सनु हुन्न रफ्तारमा चल्न दिनु पर्छ।चलिरहेको तुफानमा ब्रेक लगाउँनु हुन्न भन्छन्।भोग्नेहरू भन्छन् यो सब बकवास हो।

जब काल्पनिकता भन्दा तथ्य र यथार्थको जीवन देखियो भोगियो अनि चैँ लाग्न थाल्यो त्यो ठुलो सोचको ठुलै जादूँ जस्ता चर्चित किताबले पनि खासैँ फरक पार्ने देखिएन् त्यस्ता किताबले हाम्रो समस्याको जड नै पत्ता लगाउँन सकेन भन्ने लाग्यो।

कवि लक्ष्मी प्रसाद देवकोटाले भने जस्तो सरल जीवन पटक्कै हुँदो रहेनछ।उद्देश्य के लिनु उडी छुनु चन्द्र एक धेरै देखेका ठुला साना सबैखाले सपनाहरू अपुरा रहिरहे पछि यो वाक्यासं पनि मलाई फीका लाग्यो ।यो त एउटा भावनात्मक चित्त बुझाउने शान्त्वाना दिने शब्दको उपहार मात्र रहेछ।

हरेक मान्छेका सपना ठुलै हुन्छन्,मान्छेको जातै यस्तो हो जो प्राप्त गर्न सकिने नसकिने दुवै खाले सपना देख्छन् कति पुरा हुन्छन् त कति अपुरै रहन्छन्।पुरा हुने त भईगए जसबाट मानिस सन्तुष्ट हुन्छन् तर अपुरा अधुरो रहन्छन् ठुला सपनाहरू पनि एक पछि अर्को तुहिदै जान्छ तब मान्छे खुम्चिन विवश हुन्छन् र बिस्तारै सपनाहरू पनि साघँरो हुँदै अाउँछन।यधपि मान्छेले सपना देख्न चैँ जन्म देखि मृत्यु सम्म कहिल्यै छाड्दैनन्। मेरो विचारमा मानिस एक सपना देख्नेकै लागि जन्मने प्राणी हो।

म पनि सपना देख्ने व्यक्ति हुँ तर मेरा सपना एकरती पुरा भएका छैनन् म चन्द्रमा पनि नपुगेको रात हुन्न।मलाई लाग्छ म त्यही व्यक्ति हुँ जो चन्द्रमा हरेक हात पुगेर फर्कन्छु तर जब झासँग हुन्छु निन्द्राबाट ब्युँझन्छु मेरो समस्याका चाङ्हरु टन्नेै हुन्छन्। अनि मेरो सपना खुकुलो हुँदै जान्छ,क्रमबद्द खुम्चिदै जान्छ अनि म आफूलाई त्यस्ता वाईयत सपनाबाट दूर राख्न, अछुत राख्न, बदलिँदै आउँछु।

सहर छिर्नु पूर्व मेरा सपना यति धेरै तेज थिए ।  जब सहर छिरे सहरको धुलोमैलो ले मेरा सपनामा दाग लगाइदियो रोग लगाइदियो अस्वस्थ बनाइदियो,टुक्राटुक्रा बनाइदियो,अन्तत:क्यान्सर लगाइदियो र साह्रा सपना चकनाचुर भईदियो।।

मेरो विलाशिताको एउछा सुन्दर महल गाडी बैङ्क ब्यालेन्स सबै स्खलित भयो त्यसपछि बल्ल सहर के हो बुझे र अनुभव गर्न पाए।अनि ठुलो मान्छे बन्न नसकेर सानो मान्छेमा कायम रहे।

सपना देखियो सहरका झिलिमिली सम्झियो,अनि शानदार जीवन खोज्दै सहर जसोतसो छिरियो,अब सहरमा टिक्न सजिलो थिएन,एउटा जाँगिरको बडो खाँचो थियो,दैनिक वर्गिकृत विज्ञापनमा आउने तु आवश्यकता भन्ने विज्ञापन हेर्दै अफिस चाहर्न थालियो,तर गयो पाँचसय देखि हजारको फोर्म भर्न लगाऊ’थिए फलानो दिन आउनु भन्ने आदेश हुन्थ्यो।

हप्ता दिन पछि यसो गयो जागिँरको लागि ट्रेनिङ लिनु पर्छ भन्थे,फेरि दुईचार हजार खर्च गरिदिन्थे अनि भनेको मान्नै पर्‍यो,धायो धायो भएको पैसो खतम पार्‍यो लास्टमा दुई दिन को बाटो हिँड्नु पर्ने अत्यन्तै जोखिम काम दिन्थे, पछि कसले गर्न सक्छ त्यस्तो काम,बाध्य भएर छाड्यो पैसाको सत्यानाश,

यस्तो धन्दा खुबसँग मोैलाएको छ,गाउँ दुरदराजबाट आएका मानिस जागिरको खोजीमा भोैतारिन्छन,यसको फाइदा ती दुइटा टेबल दुइटा चियर,अनि एउटा नेपालको झन्डा,एक बोलत पिउने पानी राखेर अफिस खोलेका फटाह हरूले लिईदै आएका छन् ।

यस्तो वाक्क लाग्ने काम बाट भएका डकुमेण्ड पनि लिन नगई भएको पैसा पनि सबै बुझाएसी के हालत भो होला,तपाईँ आफैँ सोच्नुस् त! ती पापी मान्छेलाई के,थाहा ग्रामिन भेगबाट आएका मानिसहरू कति मेहनत गर्नु सिपालु हुन्छन् भनेर तर स्वार्थी फटाह हरूले त्यस्तो सोच्दैनन् पाए सम्म नङग्याउँछन र रहेलपहेल रहेको खल्ती रिता पारिदिन्छन।।

यो रनभुलमा नफस्ने मानिस विरलै होलान्,मेरो धेरै साथीहरू यसको अभियुक्त भएका छन् ठगिएका छन्, मेरो पनि अनिकालको टाठ् परेको बेला पाँच सय झ्वाम नपार्देको होइन तर मैले जागिँर नपाएर चैँ होइन !

आफ्नो तलब थोरै,एकै पटक झ्याप्पै कमाउने जोस,चलेपछि यसो यत्ता पनि जागिँर खाँदै उत्ता पनि प्रयास गर्दै थिए तर हेला गरेर छोड्न लागेको जाँगिर भन्दा त्यो कति झर थियो भनिसाध्य छैन।ती सबै अफिसहरू रकम कुम्ल्याउन बसेका भनेर स्पष्ट थाहाँ हुन्छ !के को जागिँर हुन्थ्यो त्यो त सोझा साझालाई ठग्ने ठगहरुको सँञ्जाल हुदोरहेछ।

जीवनमा त्यति बेला खुब साइकल चढ्ने रहर थियो,हुन त अहिले राजधानीमा साइकल सिटी बन्ने रे भन्दा साइकलको अझै गर्व लाग्छ।जे गरेछु ठिक गरेछु लाग्छ।मैले “मेरो साइकल”भन्दा राम्रो चिटिक्क परेको कसैको देख्या छैन,मलाई त्यो यति प्रिय लाग्छ अनि त्यतिकै महँगो पनि ….

मैले त्यस्ता जाबो,पल्सर बाइक,एफजेट बाइक ल्याण्ड अोभर गाडी” अनि युरोप अमेरिका मा चल्ने विश्वका महँगो कारहरू ल्यान्डरोभर, मर्सिडिज, अउडी, बिएमडब्लु, हम्मर, जगुअर अगि पछि हुँदा पनि मलाई लाग्थ्यो मेरो साइकल लाई उछिन्न सक्दैनन् ।

मलाई ती सबै वाईयत लाग्थ्यो,मेरो आफ्नो साइकललाई म रकेट सम्झन्थे,ती करोैड‍ोैको कार भन्दा मलाई पाँच हजारको साइकल महँगो लाग्थ्यो त्यो पाँच हजार त्यति सजिलै कमाएको थिएन,त्यति माया लाग्थ्यो सायद आफ्नो कमाइको भएर पो! हो कि।

जीवनमा पहिलो पटक आफ्नो कमाइले साइकल किन्दा लागेको थियो यो साइकलले विश्व परिक्रमा गर्छ,तर त्यो सपना देख्न नपाउँदै मेरो साइकल चोरी भो,म नराम्ररी फसे,अब मेरो अर्को साइकल किन्ने अोैकात थिएन्।यहाँ पनि मेरो सपना विनाहकमा तुहियो।।तर अब गाडी मोटर बाइक हुँदै साइकल मा मेरो सपना सीमित थियो अब यो पनि अरू कसैले उडाइदिए पछि म जीवन झन् व्यर्थ लाग्न थाल्यो।

म त्यति धेरै रोए,जीवनको पहिलो पटक मन देखि रोएको याद ताजा छ,चोरले मेरो खुसी सबै खोस्यो,सायद उसले विश्व परिक्रमा गर्दै होला, कहिले काहीँ पत्रपत्रिकामा साइकल यात्री विश्व परिक्रमा गर्दै भन्दा मलाई मेरो साइकलको खुब याद आउँछ,।

धेरै पटक मैले सपनामा देखेको थिए,तर कहिल्यै मैले आफ्नो जिनिस पाउँन सकिन,त्यो चोरलाई पनि म सम्झिरहन्छु उसको पनि पेसा नै चोर,नचोरी मुखमा माड लाग्दैन् होला संस्कार बाट अाएसी कसरी छोडोस् उसले धेरैको सपना चक्नाचुर पार्दै होला,अझै सक्रिय होला तर त्यो चोर नर्दयी चोर,रहेछ।

चोरको पनि मन त हुन पर्छ नि,चोरले कहिल्यै विस्मात!नमान्ने रहेछन्,कमसेकम कहिल्य कहीँ त चोरले पनि विगत फर्केर हेर्नु नि!चोरमाथि महाँ चोर पनि त हुन्छ,त्यो बेला उसले त्यो दुख महसुस गर्छ कि गर्दैन,होला?