चितवनका कांग्रेस साथीहरुलाई खुल्ला–पत्र - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

चितवनका कांग्रेस साथीहरुलाई खुल्ला–पत्र



नारायण पौडेल
प्रिय साथीहरु,

२००७ साल, २०३६ साल, २०४६ साल र २०६२÷०६३ साल लगायतका नेपाली राजनीतिका निर्णायक आन्दोलनहरुको नेतृत्व गरेको नेपाली कांग्रेस यतिबेला आफ्नै अस्तित्व रक्षाको रागले चाउरिएको छ । लोकतन्त्र रक्षाको नेतृत्व गर्ने नेपाली कांग्रेसले इतिहासमा अलोकतान्त्रिक कदम चालेको अभियोग आज पनि मेटिएको छैन । श्रद्धेय नेता गीरिजा बाबूको अवसानपछि ओरालो लागेको कांग्रेस अहिले आफ्नै अस्तित्वको संकटमा छ । चितवनको कांग्रेस पार्टी पनि त्यसबाट अछुतो छैन । बरु, पछिल्ला राजनीतिक निर्णयहरुले के चितवनमा कांग्रेस छ ? भन्नेसम्मका प्रश्नहरु जनजनमा उब्जिएका छन् ।

नेपाली राजनीतिको मियो कांग्रेसबाट हामीले निकै ठूलो अपेक्षा गरेका थियौं । कांग्रेसले लोकतन्त्रको रक्षा गर्छ, निरङ्कुशताका विरुद्ध उभिन्छ । देशको आर्थिक समृद्धि र विकासका लागि कांग्रेसले नै नेतृत्व लिन्छ । रोजगारी सिर्जना र जनताको जीवन बदल्ने संकल्प पनि कांग्रेसले मात्रै गर्न सक्छ । महान राजनेता बिपीले देखेको प्रजातान्त्रिक समाजवादको सपना कांग्रेसकै नेतृत्वमा पूरा हुन्छ । समय बित्दै जाँदा यी सबै सपना चुनावी नारामा सीमित मात्र भएका छैनन् ।

बरु, बिपीको समाजवादी चिन्तनबाट भाग्ने सोंचले कांग्रेस ग्रस्त छ । चितवनको भूमि लोकतान्त्रिक आन्दोलनको उर्भरभूमि थियो । तानाशाही व्यवस्थाका विरुद्ध जनता कांग्रेसकै नेतृत्वमा गोलबन्द थिए । संगठनका दृष्टिले चितवनको कांग्रेस पार्टी देशकै लागि नमूना थियो । तर, काल क्रममा चितवनको पार्टीमाथि निर्मम आक्रमण गरियो । यो आक्रमण कुनै विपक्षी शक्ति र व्यक्तिबाट भएको थिएन । बरु, पार्टीकै शीर्ष नेताहरुले चालेको गलत कदम र आत्मसमर्पणकारी सोंचको परिणाम थियो ।

जिन्दगीभर लोकतन्त्रका पक्षमा लड्ने कांग्रेसका साथीहरुले हलोेमा भोट हाल्न कुन नैतिकताले दिन्छ ? हलोमा भोट हाल्दा तपाईलाई बिपी, गणेशमान र गीरिजाबाबूको आत्माले धिक्कार्दैन ?

प्रिय साथीहरु,

जतिबेला दिनेश कोइरालाको उम्मेद्वारी फिर्ता लिएर भरतपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने निर्णय भयो । हामीजस्ता युवाहरुले त्यतिबेलै कांग्रेसको अस्तित्व संकटमा पर्ने अनुमान गरेका थियौं । हामीले ठान्यौं, “नेतृत्वले गम्भीर गल्ती गर्दैछ, समयको दवावसँगै सच्चाउने छ ।” तर, प्रदेश र संघीय संसदको निर्वाचनको संघारसम्म आइपुग्दा कांग्रेसले आफ्नो गल्ती सच्चाउने होइन । बरु, गल्तीको रफ्तार बढाउँदै लग्यो ।

जीवनभर लोकतन्त्रलाई मुठ्ठीमा लिने, लोकतन्त्रवादी शक्तिलाई अराष्ट्रिय तत्व देख्ने, बिपी, गणेशमान र गीरिजा बाबू लगायतका प्रजातान्त्रिक सेनानीहरुमाथि भीषण दमन र अत्याचार गर्ने, जेल हाल्ने राप्रपालाई पार्टी बुझाइयो । आफ्ना होनाहार र प्रतिवद्ध नेताहरु हुँदाहुँदै राप्रपाका उम्मेद्वारलाई समर्थन गर्ने र हलोमा मतदान गर्ने निर्णय हाम्रा लागि मान्य थिएन । त्यसैले हामीजस्ता युवाहरुले कांग्रेसको राजनीतिबाट सन्यास लियौं ।

 जनआन्दोलनका क्रममा जनतामाथि निर्मम दमन गर्ने एउटा राजावादी पार्टीलाई समर्थन गर्न हाम्रो नैतिकताले दिएन, हाम्रो स्वाभिमानले मानेन । हामीले सोच्यौं, “लोकतन्त्रको बिकल्प लोकतन्त्र मात्रै हो, निरङ्कुशता होइन ।” माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन आएपछि हामीमा केही आत्मविश्वास जाग्यो । चितवनको समृद्धि र लोकतन्त्रको बिकल्पका रुपमा हामीले प्रचण्ड छान्यौं । लोकतान्त्रिक प्रणालीको नेता पार्टी कांग्रेस नै राप्रपासामू नतमस्तक भएपछि हामीले बिकल्प रोज्यौं, हाम्रो लोकतन्त्र र समृद्धिप्रतिको आस्था रक्षाकै निम्ति बाम गठबन्धनलाई जिताउने संकल्प गर्यौं ।

प्रिय साथीहरु,

यतिबेला हामी इतिहासको कठघरामा उभिएर लोकतन्त्र र समृद्धिको सपनामाथि मन्थन गर्नुछ, नेपाली माटोले मागेको समृद्धि र जनताको लोकतन्त्रप्रतिको अगाध आस्थाको सम्मान गर्नुछ । हाम्रा सन्ततिहरुको जीवन र भविष्य बदल्ने संकल्प गर्नुछ । त्यो संकल्प हाम्रै लोकतन्त्रलाई मुठ्ठीको माखो ठान्ने राप्रपाबाट सम्भव होला ? राजनीतिलाई ठेक्कापट्टाको साधनका रुपमा उपयोग गर्ने बिक्रम पाण्डेजस्ता पात्रहरुबाट सम्भव होला ? हामीले त्यो सम्भव देखेनौं । जसले लोकतन्त्रका विरुद्ध, जनताको विकास र समृद्धिको आकांक्षाविरुद्ध निरन्तर षड्यन्त्र गरे, उनीहरुलाई नै भोट माग्न हाम्रो कुन नैतिकताले दिन्छ ?

बहुमतको सरकार भए मात्रै हाम्रा समस्याहरु समाधानको दिशातिर जानेछन् । के कांग्रेस अस्थीर राजनीतिमा बसेर विकास रोक्न चाहन्छ ? विदेशी हस्तक्षेप स्वीकार्न चाहन्छ ? देशमा समृद्धिको यात्रा रोक्न चाहन्छ ? होइन भने निर्वाचनबाटै बन्ने बहुमतीय सरकारको विरोध किन ?

एमाले र माओवादी एकतापछि नेपाली कांग्रेस महन्त ठाकुरहरुसँग मिल्नुपथ्यो । तर, बिडम्बना जसका विरुद्ध जीवनभर लडियो, त्यही राजावादी शक्तिसँग मिल्यो । हाम्रा लागि योभन्दा ठूलो लज्जाको विषय अरु थिएन । चितवनकै सन्दर्भमा कांग्रेसका होनाहार नेताहरु थिए । तर, गैर राजनीतिक चरित्रको एक ठेकेदारलाई अघि सारेर कांग्रेसको अस्तित्वमाथि धावा बोलियो । कांग्रेस चितवनको इतिहासमा यो सामान्य घटना हुने छैन । राप्रपा र बिक्रम पाण्डे बोक्नु नै चितवनमा कांग्रेस पतनको मार्गमा लम्कनु हो । हामी आफै कारण पतनको दिशामा हिडिरहेको कांग्रेससँग सति जान सकेनौं ।

कम्युनिष्टहरुको एकताले नेपालमा अधिनायकवाद आउँछ, लोकतन्त्रमाथि गम्भीर खतरा छ जस्ता अभिव्यक्तिहरु कांग्रेसका नेताहरुले व्यक्त गरिरहेका छन् । तर, हाम्रो ब्रह्मले त्यस्तो ठानेन । २०४६ सालको जनआन्दोलनपछि नै एमालेले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो समातेको थियो । २०५२ को हिंसात्मक विद्रोहबाट आएको माओवादी पनि शान्ति सम्झौतापछि प्रतिस्पर्धात्मक राजनीतिकै बाटोमा छ । एमाले र माओवादी दुवै पार्टीले लोकतान्त्रिक प्रतिस्पर्धा, विधिको शासन, कानूनी राज्य, मानवअधिकार, स्वतन्त्र प्रेसजस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई आफ्नो आदर्श ठानेका छन् ।

यस्तो परिस्थितिमा बाम एकतालाई अधिनायकवाद वा निरंकुशतातिरको यात्रा ठान्नु वा प्रचार गर्नुमा कुनै तुक देखिँदैन ।के नेपाली कांग्रेसले जित्नु मात्र लोकतन्त्र हो ? प्रतिस्पर्धामा कुनै शक्तिले विजय हासिल गर्दा लोकतन्त्र धरापमा पर्छ भन्नु लोकतन्त्रप्रतिको आफ्नै प्रतिवद्धताबाट बिचलित हुनु हो । २०१५ सालमा कांग्रेसले बहुमत ल्याउँदा लोकतन्त्र धरापमा नपर्ने तर अहिले बामपन्थीले ल्याए धरापमा पर्ने कसरी हुन सक्छ ? कांग्रेस, एमाले र माओवादीमध्ये अहिले कांग्रेस नै सबैभन्दा बढी अलोकतान्त्रिक देखिएको छ । कांग्रेसको आन्तरिक जीवनलाई हेर्ने हो भने त्यहाँ निरंकुशता, परिवारवाद र एकमना निर्णय नै मूख्य छ । आफैलाई रुपान्तरण गर्न नसक्ने कांग्रेसले अरुलाई लोकतन्त्रको उपदेश दिने हैसियत राख्न सक्छ ? कांग्रेसका साथीहरु कतिञ्जेल यो भ्रम पालेर बस्नुहुन्छ ?

राजनीतिक आग्रहबाट माथि उठौं, चितवन र चितवनबासीको भावना बुझौं, अनि चितवनको विकास र समृद्धिका लागि प्रचण्डलाई अत्याधिक मतले जिताऔं ।

देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो । तर, देशको दुर्दशा फेरिएन । राजनीतिक अस्थीरता कायमै रह्यो, विकास निर्माणका काम अलपत्र परिरहे, वर्षेनी सरकार फेरिने रोगले युवाहरुमा राजनीतिक वितृष्णा बढ्दै गयो । नागरिकमा एक प्रकारको बेचैनी र असन्तुष्टी बढ्दै गयो । यसको एक मात्रै कारण राजनीतिक अस्थीरता हो । तसर्थ, हामी देशमा राजनीतिक स्थीरता चाहन्छौं, आर्थिक विकास चाहन्छौं, जनताको जीवनमा परिवर्तन सहितको समृद्धि चाहन्छौं, रोजगारी चाहन्छौं, देशमा सिर्जनाका फूलहरुको सुगन्ध चाहन्छौं । त्यसका लागि बहुमतको स्थीर सरकार आवश्यक छ । बहुमतको सरकार भए मात्रै हाम्रा समस्याहरु समाधानको दिशातिर जानेछन् । के कांग्रेस अस्थीर राजनीतिमा बसेर विकास रोक्न चाहन्छ ? विदेशी हस्तक्षेप स्वीकार्न चाहन्छ ? देशमा समृद्धिको यात्रा रोक्न चाहन्छ ? होइन भने निर्वाचनबाटै बन्ने बहुमतीय सरकारको विरोध किन ?

चितवनको क्षेत्र नं. ३ मा प्रचण्ड र बिक्रम पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ । प्रचण्ड यो देशको नेता हो, शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता पनि । प्रचण्ड नभएको भए नेपालमा लोकतन्त्र र गणतन्त्रको स्थापना सम्भव थिएन । शान्ति प्रक्रिया सम्भव थिएन । जतिबेला प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुनुभयो, उहाँले क्रान्ति र शान्तिमा मात्र नभएर समृद्धिमा पनि चमत्कार गरेर देखाउनु भयो । देशमा लोडसेडिङ यति छिटै हट्ला भन्ने हाम्रो कल्पनामा थिएन । तर, लोडसेडिङ हट्यो । विकासका कामले गति लिए, आर्थिक वृद्धिदर बढ्यो, मूल्यबृद्धि रोकियो । प्रचण्ड पाँच वर्ष लगातार प्रधानमन्त्री भएको भए यो दर कति माथि पुग्थ्यो होला ? हामीले सजिलै अनुमान गर्न सक्छौं ।

स्थीर सरकारको पाँच वर्ष प्रधानमन्त्री हुन पाउने भने प्रचण्डले विकास र समृद्धिमा चमत्कार गर्न सक्छन् भन्ने यो एउटा प्रमाण हो । हामी चितवनको विकास चाहन्छौं । त्यसका लागि प्रचण्ड चितवनका लागि आवश्यक छ । हामीले दलको घेरा र पूर्वाग्रहबाट सोच्यौं र प्रचण्डका विरुद्ध लाग्यौं भने प्रचण्ड मात्रै हार्ने छैनन्, चितवनले हार्नेछ, यहाँको विकासले हार्नेछ । जनताको आशा र विश्वासले हार्नेछ । अथाह सम्भावना बोकेको हाम्रो जिल्लालाई हामी दलको मतियार मात्र बनेर हराउन सक्दैनौं । दलका नाममा हामी दशैंका खसी बोका बन्न सक्दैनौं । हामीसँग चेतना छ, सकारात्मक सोंच छ, चितवनको ढुकढुकी छ, नेपालीपन छ, त्यसका लागि प्रचण्डले चितवनबाट जित्नुपर्छ ।

बिक्रम पाण्डेलाई चितवनबासीले जिताए । तर, लोकतन्त्रले के पायो, चितवनले के पायो ? चुनाव जितेर मन्त्री हुने र ठेक्कापट्टा आफ्नो भागमा पार्ने अनि ठेक्कालाई नै चितवनको विकास भनेर प्रचार गर्ने भ्रममा हामी कति दिन बाँच्ने ? उनले चितवनका लागि उल्लेखनीय कुनै काम गरेका छैनन् ।

नेपाली राजनीतिको मियो कांग्रेसबाट हामीले निकै ठूलो अपेक्षा गरेका थियौं । कांग्रेसले लोकतन्त्रको रक्षा गर्छ, निरङ्कुशताका विरुद्ध उभिन्छ । देशको आर्थिक समृद्धि र विकासका लागि कांग्रेसले नै नेतृत्व लिन्छ । रोजगारी सिर्जना र जनताको जीवन बदल्ने संकल्प पनि कांग्रेसले मात्रै गर्न सक्छ ।

गरेका छन् त खरबौंको सरकारी रकम ठेक्कामा लिएर अरबको काम गरेका छन् । हिजोका गरीब बिक्रम पाण्डे रातारात खरबपति बन्नुको खास कारण के हो ? ठेक्का पट्टा र सरकारी ढुकुटी होइन ? ठेकेदारले सम्पन्न गरेका विकासका कामलाई सरकारको काम भन्ने कि ठेकेदारको ? सरकारी बजेटलाई दुरुपयोग गरेर विकासको जस लिन खोज्नेलाई भोट हाल्दा के तपाईलाई आत्मग्लानी हुँदैन ?

प्रिय साथीहरु,

एकदमै ठण्डा दिमागले सोचौं । लोकतन्त्र बामपन्थीका कारणले नेपालमा कहिल्यै धरापमा परेन, सधैं राजावादी शक्तिका कारण धरापमा पर्यो । विकासका काम पुरानै शक्तिले रोके, राजनीतिक अस्थीरता र विदेशी हस्तक्षेप तिनीहरुले नै निम्त्याए । के हामीले त्यसको बिकल्प खोज्नु पर्दैन ? जिन्दगीभर लोकतन्त्रका पक्षमा लड्ने कांग्रेसका साथीहरुले हलोेमा भोट हाल्न कुन नैतिकताले दिन्छ ? हलोमा भोट हाल्दा तपाईलाई बिपी, गणेशमान र गीरिजाबाबूको आत्माले धिक्कार्दैन ? तसर्थ, आउनुस्, राजनीतिक आग्रहबाट माथि उठौं, चितवन र चितवनबासीको भावना बुझौं, अनि चितवनको विकास र समृद्धिका लागि प्रचण्डलाई अत्याधिक मतले जिताऔं ।
एभरेष्ट दैनिकबाट