चितुवाको हड्डीसहित एक पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चितुवाको हड्डीसहित एक पक्राउ



काठमाडौँ । चितुवाको छाला र हड्डी कारोबार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मकवानपुरका नक्कलबहादुर बललाई ५ किलो ७ सय ग्राम चितुवाको हड्डीसहित  मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्त बलले चलाइरहेको बा ४२ प ८८१० नम्बरको निलो पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका ५४ वर्षीय बललाई कारबाहीको लागि ललितपुर जिल्ला वन कार्यालय, हात्तिवन पठाइएको छ । प्रहरीका अनुसार उनी यसअघि पनि वन्यजन्तु अंग कारोबारीको आरोपमा नियन्त्रणमा परेर रिहा भएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कसुर गर्नेलाई ५ लाखदेखि १० लाखसम्म जरिवाना तथा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।कान्तिपुर बाट