प्रदेश सरकारको काम छैन तत्काल खारेज गराैं: चित्रबहादुर केसी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रदेश सरकारको काम छैन तत्काल खारेज गराैं: चित्रबहादुर केसी



आचार्य प्रदीप
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख नभएको बताएका छन् । उनले सरकारले शब्दमा समाजवाद भन्ने तर ठोसमा कुनै पनि स्पष्टनीति नआएको उनको भनाइ छ ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ कार्यालयद्वारा बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले सरकारको नीतिले जनजीबिकाको सवाललाई सरको सम्बोधन नगरेको उनको ठहर छ ।

‘समाजवाद उन्मुख भन्ने तर नीति नै छैन,नीति केहो,कसरी हो ,कृषिमा आत्मनिर्भर कृषि नीति,भूमिसुधार नीति के हो ,नयाँ पिढिले के गर्ने,रोजगारी कसरी सिर्जना गर्ने,युवाहरू के गरेर बस्ने ,आत्मनिर्भर बनाउन के गर्ने, उद्यँेग धन्दा कलकारखाना खोल्ने नीति खै ,कुराले बोड्को भरिन्छ ?’उनको प्रश्न छ ।
उनले सरकारका नीति शब्दजाल भएको भन्दै कुरामात्रै गर्ने भन्दा काम गर्ने दिन आएको उनले बताए । सरकारले यातायातको सिण्डीकेट तोडेकोमा धन्यवाद दिँदै उनले अब मुलुकमा १५ मध्ये १४ सिण्डिकेट बाँकी रहेको बताए ।

‘अब शिक्षा, स्वास्थ्य,न्यायपालिकामा पनि सिण्डिकेट छ,अब बाँकी १४ सिण्डीकेटरहरुले नै सरकार खाने खतरा छ ।’

केसीले एमाले र माओवादी बिचको एकता संसदीय व्यवस्थाको पक्षपोषण मात्र भएको बताए । सबै कुुरा मिले पछि पार्टी एकता नौलो कुरा नभएको उनले बताए ।
‘उनीहरूले समाजवाद भनेको छन् यो प्रबत्तिले मुलुकमा समाजवाद आउँदैन ।’ झलनाथ खनाललाई पनि थाहै नदिइ हाँसो मजाकमै एकता भएको रहेछ भन्ने पुष्टि भयो उनले भने ।

अध्यक्ष केसीले हालै गठित नेकपासंग आफ्नो पार्टीको एकता नहुने प्रस्ट पारेका छन् । ‘निर्वाचनका बेला चुनावी तालमेल भए पनि जुन इस्युमा सहमति भयो त्यो कार्यगत एकता हो ,पार्टी एकताका लागि धेरै मिल्नुपर्छ सैद्धान्तिक,सांगठनिक पक्ष लगायतका अहिले सम्भव छैन’ केसीले भने ।

नेता केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बेला नागरिक अभिनन्दन गरिनु गलत भएको बताए ।

मोदीको भ्रमण औचित्यहीन हो,नेपाललाई अप्ठारोमा पर्दा नाकाबन्दी गर्ने छिमेकी राज्यको सरकार प्रमुख मोदीलाई जयजयकार गर्न नहुने उनको भनाइ छ । भारतले नेपालका सबै जलश्रोत पालैपालो लगेको भन्दै यो पाली पनि अरुण तेस्रो सरकारले भारतलाई बुझाएको दाबी गरे ।

‘भारतले नेपालको संविधान आफ्नो अनुकूलको बनाउने प्रयास गरेको हो ,यस्कौ लागि मोदीको नेपाल भ्रमण र संशोधनको उद्धेश्य हो ।’ पहिले संविधान नबनाउन दबाब,पछि जारी नर्गन दबाब, र खारेज गर्न दबाब र अहिले भारतकै इसारामा संशोधन गर्ने तयारी भएको उनले बताए ।

संशोधनले काकडभित्ता देखि महेन्द्रनगरसम्मको तराई पहाड अलग गर्ने चाहना रहेको उल्लेख गरे ।नेपालमा सङ्घीयता कार्यान्वयनको हुनै नसक्ने भन्दै उनले प्रदेश २ बाट नै सङ्घीयता असफलको सङ्केत सुरु भएको बताए । मधेशीदलले संशोधनको कुरा परेन भनेर भनेको भन्दै उनले त्यसभित्रको उद्धेश्य चाहिँ गम्भीर रहेको बताए ।
कुनैबेला १७ वर्ष पनि नआउने ,अहिले किन ३ ३ पटक आउने ,मोदीले भूकम्पका बेला बोलेको कुरा ३ खरब दिने भनेपनि नदिएको भन्दै नेपालीलाई फकाउन नेपाल आएको बताए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेपाल राख्ने र बचाउने भए सङ्घीयता खारेज गर्नुपर्ने दोहोर्याए । ‘हामी सरकारमा जांदापनि सङ्घीय प्रणालीको विरोध गर्‍यौ, सङ्घीयता बोकेर हिँडेका ठेकदारहरुका मनमा पनि अहिले जौतिल पाकेको छ ।’ मनमा जौतिल पाकेको छ ,बाहिर हुन्छ हुन्छ भन्छन् भित्र हुँदैन ,नेपालको अस्तित्व समाप्त भएमात्रै सङ्घीयता सफल हुने उनको दाबी छ ।
प्रदेश सरकारको कामै नभएको उनको ठहर छ, सांसद र मन्त्रीको चिया खाने काम भो नेपाली जनतालाई

आर्थिक भार मात्रै ,सांसदको काम खै ? उनले स्थानीय तह बलियो बनाउनुपर्ने र केन्द्रले धेरै अधिकार राख्न नहुने उनको दाबी छ ।

केसीले प्रदेश खारेज गर्नुपर्ने दाबी समेत गरे । रिपोर्टर्स क्लब प्रदेश नम्बर पाँचका संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।