यस कारण आउदै छन् चित्र बहादुर केसी दिल्ली ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यस कारण आउदै छन् चित्र बहादुर केसी दिल्ली !



धनवीर पुन मगर/नयाँ दिल्ली ।

स्पष्ट विचार र नीति बोकेका, सादगी जीवनका प्रतीक, जनमनमा अमिट छाप छोड्न सफल एक सच्चा राष्ट्रवादी आदर्श व्यक्तित्व जनप्रिय नेता  चित्र बहादुर केसी दिल्लीमा आउने भएका छन्  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री केसीको दिल्ली आगमन हुने खबरले भारतमा विभिन्न रोजगारका लागि पुगेका प्रवासी नेपालीहरू निकै उत्साहित देखिएका छन् ।

प्राप्त समाचार अनुसार केसी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव, नयाँ“ दिल्ली र ओखलाको सम्मेलन उद्घाटनका लागि दिल्ली पुग्ने बताइएको छ ।

मूल प्रवाहले २१ अप्रेल २०१८ देखि भारत व्यापी नगर सम्मेलन अभियान सञ्चालन गरेको छ । ‘राष्ट्रियताको रक्षा गरौँ, भारतस्थित नेपालीहरूको सुरक्षा गरौँ, आ–आफ्नो स्थानबाट प्रवासी नेपालीहरूलाई मताधिकार र प्रतिनिधित्वको आवाज सहित नगर सम्मेलन सफल पारौँ’ भन्ने मूल नारा अन्तर्गत नगर सम्मेलन अभियानका दौरानमा स्वदेशबाट छुट्टाछुट्टै स्थानहरूमा राष्ट्रिय जनमोर्चाका शीर्ष नेतृत्वको आतिथ्यता रहने बताइएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले चेन्नईमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भने चण्डीगढमा मोर्चाका केन्द्रीय सचिवालय सदस्य मनोज भट्टले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको बताइएको छ । हैदरवादमा पूर्व सांसद एवं अखिल नेपाल महिला सङ्घकी राष्ट्रिय अध्यक्ष मिना पुनको गरिमामय आतिथ्यता रहने निकट श्रोतले बताएको छ ।

भोपाल र श्रीगंगानगरमा राष्ट्रिय जनमोर्चा बाग्मतीका इन्चार्ज आनन्द शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । जयपुरमा नेकपा (मशाल)का पूर्व प्रवक्ता विमल शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
फरीदावादमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वासुदेव पोख्रेल र हिसारमा अखिल नेपाल किसान सङ्घका राष्ट्रिय अध्यक्ष भैरवराज रेग्मीले सम्बोधन गरी स्वदेश फर्की सक्नु भएको छ ।

नेता चित्र बहादुर केसीले २४ जुनको गुडगाव नगर सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ भने १ जुलाईका दिन नई दिल्ली–ओखलाको संयुक्त घोषणा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।