श्रीमान्‌को कुुटाइबाट मृत्युु भएकी महिलाको शव चितामा जलाउनै लाग्दा बरामद - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

श्रीमान्‌को कुुटाइबाट मृत्युु भएकी महिलाको शव चितामा जलाउनै लाग्दा बरामद



रौतहट- प्रहरीले चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ।

श्रीमान्‌को कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनी पनि बरामद गरिएको छ। शव जलाउन गएका ४ जनासमेत प्रहरी नियन्त्रणमा छन्। महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार भने घटनालगत्तै गएरातिदेखि फरार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुुमारी देवीबीच घरायसी विवादमा गएराति झगडा भएको थियो। झगडाका क्रममा अभियुुक्तको कुुटाइबाट मृत्युु भएकी राजकुुमारीलाई आज बिहान मृतकका दुुई भाइ र अभियुुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए।

सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

मृतकको घाँटीमा निलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशंका प्रहरीले गरेको छ। मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टुु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेका छन्। घटनापछि फरार अभियुुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन्। रासस