३२ चिनियाँको उत्तर कोरियामा मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

३२ चिनियाँको उत्तर कोरियामा मृत्यु



बेइजिङ । चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ ।

चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन् ।

आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फपर्ने ठाउँमा दुर्घटना भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले पत्रकारलाई बताए ।

उनले भने, – “हामीले घटनाका बारेमा अनुसन्धान गरिरहेका छौं, पूर्ण विवरण आउन बाँकी नै छ ।”

चिनियाँ राज्यद्धारा सञ्चालित सञ्चार माध्यम सिजीटीएनले शुरुमा ३० भन्दा बढीको मृत्यु भएको समाचार संप्रेषण गरेपनि पछि भने समाचार नै हटाएको छ ।

समाचार अनुसार उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हो ।

फाइल तस्विर