चिल्हिया–मैनहिया जोड्ने पक्की पुलको शिलान्यास - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चिल्हिया–मैनहिया जोड्ने पक्की पुलको शिलान्यास



बुटवल,  फागुन १८ गते ।

रुपन्देहीको सदरमुकाम भैरहवादेखि उत्तर–पश्चिममा रहेको सोनारेटस्थित चिल्हिया–मैनहिया सडकखण्डमा पक्की पुल निर्माण हुने भएको छ । पुलको परियोजनाको आपूर्तिमन्त्री दीपक बोहोराले  शिलान्यास गर्नुहुँदै पुल निर्माणले यस क्षेत्रका जनतालाई कृषिउपज भैरहवाको बजारसम्म पु¥याउन निकै सहज पुग्ने बताउनुभयो ।

उहाँले पुल निर्माणपछि मैनहिया र भैरहवासम्मको सडकलाई चौडा गराइने बताउनुभयो । उहाँले चुनावका बेला सबै दलले आ–आफ्नो एजेन्डा बोकेर हिँडे पनि विकासका काममा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो । डिभिजन सडक कार्यालय बुटवलमार्फत निर्माण हुने उक्त पुलको लम्बाइ १५० मिटर र चौडाइ ११ मिटरको साथै पुलको दुवैतर्फ डेढ–डेढ मिटरको फुटपाथ हुनेछ । पुलको अनुमानित निर्माण लागत रु १६ करोड ७३ लाख ६७ हजार ८७६ रहेको छ ।

पुल नहुँदा चिल्हिया र मैनहिया दुवै गाविसका जनताले धेरै समस्या खेप्नु परेको थियो । सोही ठाउँमा निर्मित झोलुङ्गे पुलबाट साइकल, मोटरसाइकल र पैदलयात्री ओहोर–दोहोर गर्दै आएका छन् भने बस, ट्रक, ट्याक्टर, जिप, रिक्साजस्ता साधन त्यहाँ चल्दैनन् ।

उक्त पुल आव २०७५/२०७६ सालभित्र निर्माण सम्पन्न भइसक्ने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बताउनुभयो । रासस