हिंसाको अन्त्यका लागि छोरीलाई दाइजो होइन शिक्षा दिइनुपर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हिंसाको अन्त्यका लागि छोरीलाई दाइजो होइन शिक्षा दिइनुपर्ने



पोखरा, मङ्सिर २६ गते । समाज र घर घरबाट महिला हिंसाको अन्त्यका लागि छोरीलाई दाइजो होइन शिक्षा दिइनुपर्ने शनिबार यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला पर्यटन व्यवसायीको आयोजनामा महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत आयोजित अन्तक्र्रिया तथा सडक नाटक प्रदर्शन कार्यक्रममा बोल्ने वक्ताहरुले छोरीलाई शिक्षा जोड दिइनुपर्ने बताएका हुन् ।

कार्यक्रम संयोजक लक्की कार्कीले पर्यटनमा संग्लन महिलाको समस्या पत्ता लगाएर समाधान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउँदै हिंसारहित समाज निर्माण गरेर देशका युवा शक्तिलाई मुलुकभित्रै रोजगारीको सिर्जना गर्न सकिने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत श्रद्धा श्रेष्ठले आमा समूहले झाँकी र सांस्कृतिक कार्यक्रममा मात्र भाग लिने होइन कि निर्णय गर्ने ठाउँमा पनि भाग लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संयोजनकर्ता पार्वता पाण्डे, इन्दिरा बराल र सङ्गीता पौडेलले महिला हक अधिकारका बारेमा बोल्नुभएको थियो ।
रासस