छोरा जन्मे परदेश तिर छोरी जन्मे पराई घर ....मार्मिक दशैँ गीत (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

छोरा जन्मे परदेश तिर छोरी जन्मे पराई घर ….मार्मिक दशैँ गीत (भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं १२ 

सुभारम्भ म्यूजिक प्रालिको प्रस्तुतिमा इश्वर पौडेल र रुपा बस्नेतको सुमधुर आवाजमा मार्मिक दशैँ तिहार गीत “आउनु भन्दा चाड पर्व  नआएकै जाति ”बजारमा आएको छ ।

नारायण बस्नेतको मनै छुने लय र इश्वर पौडेलको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल महेन्द्र गौतम, रश्मि भट्ट,श्रीजी,यंगी र अशोकको अभिनय रहेको छ भने म्यूजिक भिडियोको निर्देशन चर्चित निर्देशक स्मृती तिमिल्सिना गुरुआमाको रहेको छ ।

सुरेश श्रेष्ठको छायांकन र सुधन बस्नेतको सम्पादन रहेको उक्त भिडियो गुरुआमा फ्लिम्सले निर्माण गरेको हो ।धेरै उनि गित कोर्न र संगित गर्नमा ब्यस्थ हुन्छन् जापानमा बसेर पनि उनि गित संगित लाई मायाँ गर्दै आएका छन् ।

धुर्कोट गाउँ पालिका वार्ड न २ गुल्मीमा जन्मनु भएका इश्वर पौडेलले दशै तिहार लगत्तै उनको सृजनामा आधा दर्शन गितहरू आउने क्रममा छन् ।