कोसेली 'चेसुङ’ लिएर भिष्म लिम्बु एडीलेड - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कोसेली ‘चेसुङ’ लिएर भिष्म लिम्बु एडीलेड



– एडीलेड

लिम्बुवानको संस्कृति , पहिचान र किपट प्रथाको इतिहासमा आधारित चलचित्र ‘चेसुङ’ अर्थात् “कोसेली ” साउथ अस्ट्रेलियामा प्रर्दशनका लागि निर्मात्री तथा “देउमाईको किनारमा” चलचित्रकि नायिका भिष्म लिम्बु एडीलेड आईपुगेकी छन्। यहि जुलाई १० तारिकको दिन बेलुका ६ बजे मर्करी सिनेमा हलमा चलचित्र प्रदर्शन गर्न लागिएको आयोजक लोकेन्द्र लिम्बुले बताए । नेपाली भाषा र अंग्रेजी उपशीर्षकमा धरानका माङ्गेन्नाहरुले नेपाल भित्रको लिम्बु इतिहासलाई विश्व माझ आफ्नो पहिचानलाई चिनाउने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्मात्री तथा परिकल्पनाकार भिष्म लिम्बुले बताईन।

चलचित्रको बारेमा बताउदै शिक्षाप्रेमी तथा समाजसेबी समेत रहेकी भिष्म लिम्बुले भनिन” चलचित्रले नेपालको पुर्व लिम्बुवानको बिस २०१६ देखि २०२४ साल तिरको इतिहासको कालखन्डमा त्यहाँका रैथाने लिम्बुहरुले के कसरी भोगचलन गरेका थिए र अन्य जातीसंग कस्तो सम्बन्ध थियो भन्ने कुरालाई चलचित्रमा उतारिएको छ । ” हंगकंग, युके, अमेरिका , साउथ कोरिया , सिंगापुर , मलेसिया लगायत अस्ट्रेलियाका विभन्न स्टेटहरुमा प्रदर्शन भैसकेको सो चलचित्र सन् २००८ मा अन्तराष्ट्रिय आदिबासी चलचित्र फेस्टिबलमा ३२ देश बाट सहभागी चलचित्रलाई पछि पर्दै उत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो । पुर्वका चर्चित कलाकारहरुको अभिनय रहेको यस ऐतिहासिक चलचित्र प्रदर्शन बाट उठेको केही रकम प्राकृतिक प्रकोप तथा शिक्षा बाट बन्चित अनाथ बालबालिकाको लागि आर्थिक सहयोग समेत गरिने उनले बताईन। मौसम इम्बुगंको लेखन निर्देशन रहेको फिल्ममा प्रेम सुब्बा, शोभा खजुम लगायतका कलाकारहरुको अभिनय रहेको छ।