चेन्नेई सुपर किंग्सविरुद्धको खेलमा दिल्ली डेयर डेभिल्सलाई तेस्रो झट्का - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

चेन्नेई सुपर किंग्सविरुद्धको खेलमा दिल्ली डेयर डेभिल्सलाई तेस्रो झट्का



काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत जारी चेन्नेई सुपर किंग्सविरुद्धको खेलमा दिल्ली डेयर डेभिल्सको तेस्रो विकेट गुमेको छ। चेन्नेईले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको थियो ।

दिल्लीका ओपनर ब्याट्सम्यान पृथ्वी सेवाक १७ बलमा १७ रन बनाउँदै पहिलो विकेटका रुपमा आउट भएका थिए भने दोस्रो विकेटको रुपमा दिल्लीका कप्तान श्रीयस ऐरी आउट भएका हुन् । तेस्रो विकेटको रुपमा रिसब पन्त आउट भएका हुन् ।

पृथ्वी चार ओभरको पहिलो बलमा क्याच आउट भएका हुन् । उनले १७ बल खेल्दा एक चौका र एक छक्का प्रहार गरे । श्रीयस १० ओभरमा बोल्ड आउट भए । श्रीयसले २२ बल खेल्दा १९ रन बनाएका थिए ।
त्यसैगरी रिसब भने २६ बलमा ३८ ओभर बनाए ११ ओभरमा आउट भएका हुन् । पन्तले दुई छक्का र तीन चौकाको मद्दतमा ३८ रन बनाएका थिए ।

नेपाली लेग स्पीनर सन्दीप लामिछानेसहितको दिल्लीको टिमले चेन्नेईविरुद्ध ब्याटिङ गरिरहेको छ । पहिलो विकेट झेपछि श्रीयस ऐरी र रिसब पन्त ब्याटिङमा छन् ।अन्नपूर्णबाट