एफए कपको उपाधि चेल्सीले जित्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एफए कपको उपाधि चेल्सीले जित्यो



म्यानचेस्टर युनाइटेड यो सिजन उपाधि बिहीन बनेको छ । इंग्लिस प्रिमियर लिगमा दोस्रो भएको तथा च्याम्पियन्स लिगबाट बाहिरिएको जोसे मोरिन्होको टिमलाई उपाधिको आश एफए कपमा थियो ।

तर शनिबार राति वेम्बलीमा भएको एफए कपको फाइनलमा चेल्सीसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड सिजनमा उपाधि बिहीन भएको हो ।

गएको सिजन प्रिमियर लिगको उपाधि जितेको चेल्सी यो सिजन प्रिमियर लिगमा खराब अवस्थामा रह्यो तर उसले एफए कपको उपाधि उचालेर सिजन पूरै खाली हात हुनबाट भने जोगियो ।

चेल्सीको जितमा २२ औँ मिनेटमा इडन हजार्डले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । म्यानचेसटर युनाइटेडका एलेक्स सान्चेजले गोल गरेका थिए । तर अफसाइड भएका कारण रेफ्रीले मान्यता दिएनन् ।

पउल पोग्बाले गोल गर्ने सुन्र मौका गुमाए । यो खेल चेल्सीको प्रशिक्षकको रुपमा एन्टोनिओ कोन्टेको अन्तिम खेल हुने सम्भावना छ ।