चौथो अन्तर्राष्ट्रिय योग दिवस बौनीयामा सम्पन्न - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

चौथो अन्तर्राष्ट्रिय योग दिवस बौनीयामा सम्पन्न



पदम ओझा / बौनिया,कैलाली ।

गरौ योग,रहौ निरोग ,कपाल भाती ,जीवन साथी ,गहुत गोवर खेतमा,शुद्ध अन्न पेटमा,धुम्रपान होइन ,वायुपान गरौ गर्मी हो या जाडो याम ,सधै गरौ प्रणायम ,अन्तराष्ट्रिय योग दिवस सफल पारौ, सफल पारौ” भन्ने नारा सहित बर्दगोरिया गाउपालिका भित्र रहेका बिभीन्न बिद्यालयहरु जगत तारा ईग्लीस स्कुल,सामुदायीक बिद्या मन्दीर,राधेश्याम बिद्या मन्दीर र माईकि मिडीयम स्कुलका बिद्याार्थीहरु कार्यक्रम स्थल पुगेका थिए ।

चौथो अन्तराष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति बर्दगोरिया गाउपालिका को आयोजनामा भएको कार्यक्रम पतञ्जली योग समिति बर्दगोरिया का अध्यक्ष टेक राज सापकोटाको अध्यक्षतामा भएको थीयो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित बर्दगोरिया गाउपालिका का अध्यक्ष वलीराम डगौरा थारुले योग आफैमा एक प्रकारको औषधी भएको कुरामा जोड दीदै बिद्यार्थीहरु लाई नियमीत योग गर्ने आग्रह गर्दै योग सम्बन्धी आफुले हासील गरेको ज्ञान आफ्नो परीवारमा समाजमा प्रवाह गर्न आग्रह गर्नु भएको थीयो ।

कार्यक्रमको बिशीष्ट अतिथिको रुपमा उपस्थित बर्दगोरिया गाउपालिका उपाध्यक्ष भगवती डगौरा थारुले बर्दगोरिया गाउपालिकाले आगामी आर्थीक बर्ष २०७५÷७६ को बर्दगोरिया गाउपालिकाको नीति तथा कार्यक्रम मा योग समिति बर्दगोरिया का लागी नश्चित वजेटको बीनीयोजन गर्दै बर्दगोरिया गाउपालिका लाई योग मय मनाउन योग समिति संग सहकार्य गर्दै बर्दगोरिया गाउपालिका अघी बड्ने कुरा बताउनु भएको थीयो ।

सो अवसरमा बर्दगोरिया गाउपालिका वडा नं. २ का वडा अध्यक्ष भेखुराम चौधरी,स्थानीय समाजसेवी लक्ष्मी पराजुली,बह्मकुमारी बौनीयाकी सञ्चालीका सुनीता जी लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थीए ।त्यस्तै दिवसको अवसरमा बर्दगोरिया गाउपालिका वडा नं. १ का अध्यक्ष जयरुप खतिवडा वडा नं. ३ का अध्यक्ष  करने सुनार लगायतको समेत सहभाीता रहेको थीयो ।

कार्यक्रममा बर्दगोरिया गाउपालिका २ कुम्भीयाका अमर बमले योग सम्बन्धी तयार पारीएको कवीता वाचन गरेर उपस्थित हरुलाई श्रवण गराएका थिए  । योग प्रशीक्षक एवम बौनीया वजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन योग प्रशिक्षक कृष्ण भण्डारीले गर्नु भएको थीयो । सो अवसरमा दिइएको जानकारी अनुसार बिहीबार एकै साथ विश्वभरीका करीब २०० वटा देशहरुमा एकै साथ चौथो अन्तराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।