चार लाख पुरस्कारको महिला क्रिकेट वैशाखमा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चार लाख पुरस्कारको महिला क्रिकेट वैशाखमा



धनगढी, माघ २९

कैलालीको अत्तरियामा आगामी वैशाख १४ गतेदेखि देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । क्लबले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगितामा झन्डै रु चार लाखभन्दा बढी नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।

पुरुष क्रिकेटले आशातीत सफलता हासिल गर्दै गएको अवस्थामा महिला क्रिकेटको स्तर समेत बढाउनका लागि देशमै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रवि खनालले बताउनुभयो ।

प्रतियोगिताका विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार पाउने छन् । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु २५ हजार तथा उत्कृष्ट ब्याट्स ओमन, उत्कृष्ट बलर र उत्कृष्ट किपरलाई जनही रु १०–१० हजार र प्रत्येक खेलका ‘ओमन अफ द म्याच’लाई रु तीन हजार पुरस्कार दिइनेछ । रासस