चर्चाको शिखरमा "छेकेन जामाले " (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चर्चाको शिखरमा “छेकेन जामाले ” (भिडियो सहित)



चिरञ्जीवी ढकाल
स्मृति म्युजिक प्रालिको ब्यानरमा केही समय अगाडी मात्र लोक तथा दोहोरी गीत “छेकेन जामले” सार्बजनिक भएको छ । उक्त गीतको चर्चा अहिले जताततै रहेको छ भने अहिले उक्त गीत राप्ती म्युजिक अवार्डको टप ५ मा पर्न सफल भएको छ ।

नेपाली गीतसंगीतको क्षेत्रमा बिशेषगरी दोहोरी र तिजका गीत गाएर चर्चामा आउने गायक प्रकाश कटुवाल हुन् । उनै कटुवाल र मोडेल तथा गायिका सिर्जु अधिकारीको आवाजमा रहेको म्युजिक भिडियोमा गायक गायिका स्वयंलाई सन्ध्या बुढा(काउली बुढी)ले अभिनयमा साथ दिइएकी छिन् ।

कमेडी बेसमा बनेको गीतमा नयाँपिढीले फेसनको नाममा विकृति भित्र्याउन खोजिएको सन्दर्भलाई उठाउन खोजिएको देखिन्छ । अहिलेका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन, प्रकाश कटुवालको लय तथा शब्द मिलन विकको सम्पादन र प्रकाश खड्काको छायांकन रहको उक्त गीतको दृश्य निर्माण बि स्टार फ्लिम्सको रहेको छ ।

भिडियो सहित