चर्चा बटुल्दै रिंकुको 'प्यास लाग्यो'ले (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चर्चा बटुल्दै रिंकुको ‘प्यास लाग्यो’ले (भिडियो सहित)



पछिल्लो केही वर्ष यता कलाकारीतामा क्षेत्रमा लाग्नेको सङ्ख्या बढ्दो रूपमा छ।यस्तै कलाकारीताको भिडमा नवलपुरको गैँडाकोट-१४, का रिन्कु सापकोटा पनि आफूलाई गायन क्षेत्राबाट कलाकारितामा चिनाउने प्रयासमा लागि परेका छन् ।

आफूलाई सङ्गीत क्षेत्रमा रम्न रुचाउने सापकोटा हरेक स्थानमा केही न केही गीत रचेर गुन गुनाइ रहेका हुन्छन् । २२ वर्षे सापकोटा अहिले गायन क्षेत्रबाट नै परिचित गराउन केही दिन अघि मात्र हाइलाइट् म्युजिक मार्फत आफ्नो “प्यास लाग्यो”बोलको गीत बजारमा ल्याएका छन् । माया प्रेम नै सर्वस्व ठान्ने युवा तथा युवतिहरुलाई मुख्य पात्र बनाइ सापकोटाले गीत बजारमा पस्केका छन् । आफूलाई लोक पप गायक भन्न रुचाउने सापकोटाले हाल बजारमा ल्याएको गीतले चर्चा बटुल्न थालेको छ। आफैले स्वर दिएको उक्त गीतमा श्याम लम्सालको शब्द , प्रकाश नेपालीको सङ्गीत , राहुल विश्वकर्माको एरेञ्ज रहेको सो सङ्गीतलाई रविन्द्र वराली र सुमित लामाले निर्देशन गरेका छन् भने सुनिल राना र सीमा थापाले अभिनय गरेका छन् । विशेष गरेर बालक देखि परिवर्तित हुँदै आएको टिनएज सम्म आउदाको कुरालाई सङ्गीतमा समेटिएको छ ।

सङ्गीतबाट नै आफूलाई ख्याति तर्फ लैजाने सोचका साथ गायन क्षेत्रमा लागेका सापकोटाले यो सँगै आगामी दिनमा अन्य गीतहरू पनि बजारमा ल्याउने प्रयास गरी रहेका छन् । संसारमै सुख दुख को साथी गीत सङ्गीत नै रहेको बताउने सापकोटाले आफूलाई श्रोता र दर्शकको माया आवश्यक रहेको बताए । उनले आफूले सङ्गीतको दुनियाँमा एउटा नयाँ आयाम थप्ने पनि बताए । youtube मा हेर्न सकिने उनको ‘प्यास लाग्यो मलाई……गीतले यति बेला निक्कै चर्चा बटुलिरहेको छ।