चापाकोट नगरपालिका स्याँङ्जाको मेयरका प्रत्याशी को हुन शिब गिरी? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चापाकोट नगरपालिका स्याँङ्जाको मेयरका प्रत्याशी को हुन शिब गिरी?



स्याङ्जा
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे लगत्तै चुनावी सरगर्मी निकै बढेको छ । र आफुले टिकट पाउनुपर्ने दाबी गर्दै वडा अध्यक्ष सदस्य मेयर उप-मेयरका प्रत्याशीहरू आ-आफ्नो क्षेत्र जिल्लाको पार्टी कार्यालय नेताहरूको घरमा धाउन थालेका छन । स्याँङ्जाको दक्षिणी बेल्टमा कालिगन्डकीको काखमा अबस्थित चापाकोट नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट शिब कुमार गिरी बलियो उमेद्वारको रूपमा प्रत्याशी देखिएका छन ।आकांक्षीहरू राम श्रेष्ठ रामचन्द्र पंगेनी ईश्वर खाँड देखिएपनी गिरी सबै भन्दा पुराना जनताको काममा अहोरात्र खट्ने कार्यकर्तालाई दुखसुखमा साथदिने बिकासमा मरिमेटी लाग्ने भएका कारण गिरी चापाकोट नगरपालिकाको लागी बलियो उमेद्वारको रूपमा देखिएका छन । बिपक्षी पार्टी पनी काँग्रेसले कुन चाँही उमेद्वार तय गर्छ । त्यही अनुरूप आफुले उमेद्वार तय गर्ने सोचमा पुगेको छ । स्याँङ्जाको बिकट गा.बि.स.मल्याँङ्कोटमा २०१८ मंसिर ८ गते गिरीको जन्म भएको हो । उनको बिद्यार्थी जिबन पर्बतको नारायण माध्यमिक बिद्यालय कुष्मामा सुरू भएको थियो । १३ बर्षको कलिलो उमेरमा गिरीले नेबिसंघको सदस्यता स्वर्गीय पर्बतका पुर्ब साँसद डिल्लीराज शर्माको हातबाट लिएका थिए ।

२०३७ सालमा एस.एल.सी.उतिर्ण गरी गिरी गृहजिल्लाको वालिङ् बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा बिद्यार्थी राजनीतिमा सक्रिय रूपमा लागेका गिरी २०३८ सालमा नेबिसंघ स्याँङ्जाको सभापती नेपाल तरूणदल स्याँङ्जाको संस्थापक अध्यक्ष हुँदै गिरी नेपाली काँग्रेस स्याँङ्जाको निरन्तर रूपमा महासमिती सदस्य महाधिबेशन प्रतिनिधी र नेपाली काँग्रेस जिल्ला पार्टी सचिब पनि बन्न सफल भए । मल्याँगकोट गा.बि.स.को ४८ र ५१ को स्थानीय निर्बाचनमा दई / दुई पटक गा.बि.स.अध्ध्यक्ष जिबिस सदस्यमा पनी गिरी भारीमतले बिजय भएका थिए । २०५२ सालमा माओवादीले जनयुद्ध घोषणा गरे लगतै गिरी माओबादीको निशानामा पहिलो नंम्बरको सुचीमा कार्बाहीको लिष्टमा राखेको थियो । तर गिरी लुकूछीपी बसी आफ्नो ज्यान जोगाउन सफल भएका थिए । उनी द्वन्दपिडीत पनी हुन ।

२०६४ को संबिधान सभाको निर्बाचनमा पार्टीलाई जिताउन बुत क़ब्जा गरेको आरोपमा तत्कालीन नेकपा माओबादीले गिरीका भाई बलरामलाई मरणासन्न हुनेगरी कुटेर मर्यो भनेर फालिदिएका थिए।२०७० को दोस्रो संबिधान सभाको निर्बाचनमा क्षेत्रले गिरीलाई टिकट माग गर्नको लागी पहिलो नंम्बरमा केन्द्रमा सिफ़ारिश गरेपनी टिकट पाउनबाट उनी बन्चित भएका थिए । पार्टीको १२ औं महाधिबेशनमा पार्टी सभापती स्याँङ्जामा प्रतिष्पर्धा गर्दै गर्दा एउटै खेमाका भोजराज अर्याल र आफु चुनाबमा लडेपछी पार्टी सभापती कमल पंगेनी संग दुबै जना पराजित भएका थिए।गिरी स्थानीय स्तरमा निकै लोकप्रिय मानिन्छन । गिरी चापाकोट नगरपालिकाको मेयरमा आकांक्षी देखिए संगै आम काँग्रेसीजन र कार्यकर्ताले पार्टीमा रहेर दुख गरेको पार्टीमा लाएर केही नपाएको र जनता संग भिजेको चुनाब जित्ने बलियो उमेद्वार गिरी मात्र रहेकोले गिरीलाई टिकट दिनुपर्ने कार्यकर्ताले बताईरहेका छन ।