चन्द्रबहादुर रोकाहालाई अध्यक्ष चयन गर्दै स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको दोस्रो अधिवेशन सम्पन्न - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

चन्द्रबहादुर रोकाहालाई अध्यक्ष चयन गर्दै स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको दोस्रो अधिवेशन सम्पन्न



प्रकाश ढकाल / युएई अक्टोबर १२ 
“समृद्ध स्याङ्जाको लागी विश्व अभियान”भन्ने मूल नाराका साथ स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको दोस्रो अधिवेशन १७-१९ का लागि चन्द्रबहादुर रोकाहालाई अध्यक्ष चयन गर्दै बिहीबार वालिङ्मा सम्पन्न भएको छ ।

रामु बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा स्याङ्जा सहयोग समाज युएईका अध्यक्ष खगेन्द्र गैह्रेले युएई मा सन २०११ मा स्थापना भएको स्याङ्जा सहयोग समाजको गतिविधि प्रस्तुत गर्दै शुभकामना राखेका थिए ।

स्याङ्जा समन्वय समिति अध्यक्ष सीता सुन्दास को प्रमुख अतिथिमा भएको उक्त महाधिवेशन मा संस्थाका अध्यक्ष चन्द्र बहादुर रोकाहाको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि एन आर एन युएईका निबर्तमान अध्यक्ष सुदिप कार्की तथा अभियान्ता आर के शर्मा, लोक तिवारी, यस्मिन बेगम र राजु सायेद काठमाडौँ देखि हेलिकप्टरमा कार्यक्रम स्थल पुगेका थिए ।

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका माले बगर स्थित मगर समाजको हलमा सम्पन्न अधिवेशनमा थुप्रै कलाकार हरुको पनि उपस्थिति थियो, शिव हमाल , राजन कार्की, शर्मिला गुरुङ , घनश्याम रिजाल लगायत चर्चित कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।

विश्वको १२ वटा देशमा स्थापना भैइसकेको तथा लगत्तै १० वटा देशमा स्थापना हुनै लाग्दा भएको अधिवेशनमा धेरै देशका स्याङ्जालि हरुको बाक्लो उपस्थिति थियो।नेपाल पत्रकार महासङ्घ युएईका उपाध्यक्ष तथा स्याङ्जा सहयोग समाजका पूर्व महासचिव लक्ष्मण खनाल को संयोजकत्वमा बनेको समितिले सहमतिमै कार्यसमिति चयन गरेको थियो ।

नबनिर्बाचन कार्यसमितिको अध्यक्षमा चन्द्र बहादुर रोकाहा (नेपाल-युएई) , उपाध्यक्षमा जीवन पंगेन (जापान), पूर्ण ब. के सी (कतार) र शालिकराम डुम्रे (स्पेन) रहेका छन्। त्यस्तै महासचिवमा खेम नारायण काफ्ले (नेपाल), सचिवमा हरि प्रसाद लुईटेल (कतार), विजय थापा (कोरिया),कोषाध्यक्षमा लेखनाथ न्यौपाने (युएई)सह-कोषाध्यक्षमा प्रकाश श्रेष्ठ (नेपाल) निर्वाचित भएका छन्।

यसै गरी सदस्यहरूमा क्रमशःनेत्र पौडेल (साउथ कोरिया), कृष्ण कुमार श्रेष्ठ (नेपाल), बालकृष्ण मरासिनी (युएई), मोहोनी लाल खनाल (नेपाल), भोजराज गैह्रे (बहराइन), चोपेन्द्र बहादुर खड्का (मलेसिया) रहेका छन्। यसै गरी प्रमुख संरक्षकमा राजेश दर्शन अर्याल (युएई) संरक्षक सदस्यमा अनन्त श्रेष्ठ (कतार) र दिनेश गुरुङ (जापान) रहेका छन्। NCC का अध्यक्ष पदेन सदस्य रहने कुरा विधानमा उल्लिखित छ।

युएईमा रहेका स्याङ्जालिहरुलाई सङ्गठित गर्दै विश्व अभियानमा अगाडी बढेका रोकाहा केही उदेश्यहरु पूरा नभएको भन्दै पुनः नेतृत्वमा आएका हुन् ।